LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएका छन । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने प्रस्ताव पारित गरिएको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर बालेन साहले जिकिर गरे ।

वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने उनले भने । जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने उनको भनाइ रहेको छ ।त्यस्तै हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएका छन । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले भने ।

उनको प्रस्तावलाई नगर कार्यपालिका बैठकले अनुमोदन गरेका छन । यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको हो ।काठमाडौं महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेका छन ।

मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेको थियो । महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी गराए । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखिएको थियो ।

महनगरपालिकाले फुड टेक्नोलिजीमा स्नातकोत्तर गरेको ४ देखि ५ जना कर्मचारी करारमा राख्ने भएका छन । मेयर बालेनले मासु पसल, खाद्य पसलहरुमा अनुगमन गर्न खाद्य निरीक्षक फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेको थियो ।

बैठकले टेकुको फोहोर उठाउन १५ वटा टिपर भाडामा लिने निर्णय समेत गरेको छ । काठमाडौं महानगरपालिकाले बोन म्यारो भएको एक बालकलाई एक लाख रुपैयाँ उपचार खर्च दिने, बञ्चरेडाँडामा भएको प्रदर्शनमा घाइते स्थानीय कमल तामाङको उपचार खर्च व्यहोर्ने निर्णय समेत गरेको छ ।

महानगरपालिकाले सबै वडामा लिफ्ट जडान गर्ने प्रस्ताव पनि कार्यपालिका बैठकले पारित गरेका छन । यस्तै काठमाडौं महानगरपालिकाले ‘घ’ वर्गको निर्माण व्यवसायीको अनुमति पत्र दिने अधिकार उपमेयरलाई दिने निर्णय गरेका छन । निर्माण कार्यको लागि सहज गराउन अधिकार उपप्रमुखलाई प्रत्यायोजन गरेको मेयर बालेनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नक्सा अनुसार भवनको प्रयोजन नभएमा कारबाही गरिरहेको विषयलाई कार्यपालिका सदस्यहरुले साथ दिएको उनले बताए ।

 

 

सम्बन्धित खबर