LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । केही महिना देखि जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्र अवारा कुकुरहरुको विगविगी बढन थालेका छन । जनकपुर उपमहानगरपालिका वाडा न.२ बस्ने बिनोद रोहिताको ६ वर्षिय भतिजोलाई अवारा कुकुरको एक समुहले गम्भीर रुपमा घाईते बनाएको छ । घायते बालकको हात, खुट्टा, छातीमा कुकुरले टोकेको उनको काका बिनोद रोहिताले बताए ।

बालकलाई उपचारका लागी प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको उनले बताए । कुकुरले टोकेका विरामीहरु प्रादेशिक अस्पताल जनकपुरधाममा अहिले बढी संख्यामा आउने गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत कर्मचारी अशोक यादवले बताए । दैनिक २० को हराहारीमा कुकुरले टोकेका विरामी अस्पताल आउने गरेको यादवले बताए ।

अधिकांश कुकुरले टोकेका विरामीहरु मध्ये बालबालिकाको संख्या बढी रहेको उनले बताए । कुकुरले टोकेका विरामीलाई रेबिज विरुद्धको भैक्सीन इन्जेक्शन अस्पाताले निःशुल रुपमा उपल्बध गराउदै आएको उनले बताए । जनकपुर उपमहानगरपालिका क्षेत्र भित्र रहेका बौलाहा कुकुरहरुलाई सम्बन्धित निकायले नियन्त्ररण तथा धरपकढ गरी समस्या समाधान गर्न जरुरी रहेको जनकपुर उपमहानगरपालिका लोहना (२५ बस्ने महन्जी यादवले बताए ।

सम्बन्धित खबर