LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । केही महिना देखि जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्र अवारा कुकुरहरुको विगविगी बढन थालेका छन । जनकपुर उपमहानगरपालिका वाडा न.२ बस्ने बिनोद रोहिताको ६ वर्षिय भतिजोलाई अवारा कुकुरको एक समुहले गम्भीर रुपमा घाईते बनाएको छ । घायते बालकको हात, खुट्टा, छातीमा कुकुरले टोकेको उनको काका बिनोद रोहिताले बताए ।

बालकलाई उपचारका लागी प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको उनले बताए । कुकुरले टोकेका विरामीहरु प्रादेशिक अस्पताल जनकपुरधाममा अहिले बढी संख्यामा आउने गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत कर्मचारी अशोक यादवले बताए । दैनिक २० को हराहारीमा कुकुरले टोकेका विरामी अस्पताल आउने गरेको यादवले बताए ।

अधिकांश कुकुरले टोकेका विरामीहरु मध्ये बालबालिकाको संख्या बढी रहेको उनले बताए । कुकुरले टोकेका विरामीलाई रेबिज विरुद्धको भैक्सीन इन्जेक्शन अस्पाताले निःशुल रुपमा उपल्बध गराउदै आएको उनले बताए । जनकपुर उपमहानगरपालिका क्षेत्र भित्र रहेका बौलाहा कुकुरहरुलाई सम्बन्धित निकायले नियन्त्ररण तथा धरपकढ गरी समस्या समाधान गर्न जरुरी रहेको जनकपुर उपमहानगरपालिका लोहना (२५ बस्ने महन्जी यादवले बताए ।

सम्बन्धित खबर