LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । अगामी तीन वर्ष भित्रमा मधेश प्रदेशबाट कुष्ठ रोग अन्मुलन हुने गरि मधेश प्रदेश सरकारले कार्य थालेको छ ।
नेपालका कुल कुष्ठ रोगि मध्ये ४५ प्रतिशत मधेश प्रदेशमै रहेकोले प्रदेश सरकारले त्यसलाई उन्मुलन गर्न विशेष कार्यक्रम संचालन गर्न लागेको हो । कुष्ठरोगीको खोजतलास गरि तत्काल प्रभाकारी उपचार गरिने, गाउँटोल तथा घरघरमा गएर कृष्ठ रोगबारे सचेत गराउने तथा कृष्ठ रोगको विषयमा सर्वसधारणमा जनचेतना फैलाउने लगायतका कार्यक्रम प्रदेश सरकारले गरिने प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।
कृष्ठ रोग एक रहस्यमय रोग रहेको र त्यसलाई दैव्यको श्राप रहेको लगायतका विभिन्नि नकरात्क चर्चा रहेकाले सर्वसधारण जनचेतनाको अभावमा रोगलाई लुगाउने गरेकोले त्यस्ता भ्रमलाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।एनएलआर नेपालको सहयोग तथा मधेश प्रदेशको समन्वयमा संचालन भईरहेको पेप कार्यक्रमले कृष्ठ रोगि उन्मुलमा सार्थक सावित हुने उनको भनाई थियो ।
कुष्ठ रोग उन्मुलनको विषयमा विहिवार जनकपुरधाममा स्वास्थय निर्देशनालयले आयोजना गरेको एक कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले कृष्ठ रोग गरिविसँग जोडिएको रोग रहेको बताए । कृष्ठ रोग विकसित मुलुकभन्दा विकाशिल तथा विकासमा पछाडि परेका देशमा बढी देखिएको उनको भनाई थियो ।
अहिले मधेश प्रदेशका रौतहट, वारा, पर्सा जस्ता कार्यक्रममा उक्त कार्य लामो समयदेखि चलिएपनि धनुषा र महोत्तरीमा चालु आर्थिक वर्ष देखि सुरु हुने कार्यक्रमका पोकल पर्सन जयबीर यादवले जानकारी दिए । उनले अहिले धनुषामा
१ हजार ४ सय ८३ र महोत्तरी जिल्लामा १ हजार ७ सय ३० जना कुष्ठरोगीहरु रहेको उनले बताए । कुष्ठ रोगीको सम्पर्कमा लगातार रुपमा २० घण्टासम्म रहेका खण्डमा रोग सर्ने भएकाले यसको शङ्का लागेको खण्डमा समयमा नै परीक्षण तथा औषधि सेवन गर्न चिकित्सकहरुले सुझाएका छन् ।
कार्यक्रममा प्रदेशिक अस्पताल जनकपुरधामका वरिष्ठ चर्म रोग विशेषज्ञ डा. रामज्ञान यादवको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति र निर्देशक झाको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहसहित तीन सदस्य सुझाव कमिटि गठन समेत गरिएको छ ।

सम्बन्धित खबर