LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले शनिवार पदबाट राजीनामा गरेका छन् । शनिवार विहान मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उनी राजिनामा दिएका हुन् । सक्रिय राजनीतिमा आउन आफुले पदबाट राजीनामा दिएको झाले बताए ।
पदबाट राजिनामा दिदै मुख्यन्याधिवक्ता झाले आफु जनता समाजवादी पार्टी( जसपा)मा प्रवेश गरेर सक्रिय राजनीतिमा सहभागि हुने बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको लागि टिकट दिने आवश्वास समेत दिएको उनले बताए ।

अहिले उक्त क्षेत्रका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित सासद हुन् । सो क्षेत्रमा पर्ने स्थानीय जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका र एकडरा गाउँपालिका जसपाले नै जितेको उक्त क्षेत्र पाँच दलिय गठबन्धनको सिटबाडफाँडको मापदाण्ड अनुसार जसपाले नै पाउने भएपछि झाले आफ्नो टिकट सुनिश्चत रहेको बताए । मुख्यन्याधिवक्ता झासँगै युवा व्यवसायी सन्तोष साहसहितका जसपामा प्रवेश गर्न लागेका हुन् ।

 

सम्बन्धित खबर