LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले शनिवार पदबाट राजीनामा गरेका छन् । शनिवार विहान मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उनी राजिनामा दिएका हुन् । सक्रिय राजनीतिमा आउन आफुले पदबाट राजीनामा दिएको झाले बताए ।
पदबाट राजिनामा दिदै मुख्यन्याधिवक्ता झाले आफु जनता समाजवादी पार्टी( जसपा)मा प्रवेश गरेर सक्रिय राजनीतिमा सहभागि हुने बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको लागि टिकट दिने आवश्वास समेत दिएको उनले बताए ।

अहिले उक्त क्षेत्रका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित सासद हुन् । सो क्षेत्रमा पर्ने स्थानीय जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका र एकडरा गाउँपालिका जसपाले नै जितेको उक्त क्षेत्र पाँच दलिय गठबन्धनको सिटबाडफाँडको मापदाण्ड अनुसार जसपाले नै पाउने भएपछि झाले आफ्नो टिकट सुनिश्चत रहेको बताए । मुख्यन्याधिवक्ता झासँगै युवा व्यवसायी सन्तोष साहसहितका जसपामा प्रवेश गर्न लागेका हुन् ।

 

सम्बन्धित खबर