LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषाबाट नेपाली काँग्रेसले समानुपातिक १सय १० जना र माओवादी केन्द्रले प्रत्यक्ष तर्फ २७ जनाको नाम सिफारिस गरेका छन् ।
प्रतिनिधी सभाको ४ वटा क्षेत्र रहेको धनुषामा काँग्रेसले प्रत्यक्ष तर्फ ७ र माओवादी केन्द्रले ५ जना अकांक्षी उम्मेदवारहरुको सिफारिस गरेको छ । त्यसैगरि, प्रदेश सभाको ८ वटा क्षेत्रको लागि काँग्रेसले प्रत्यक्ष तर्फ काँग्रेस २७ र माओवादी केन्द्रले २२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
काँग्रेसले प्रतिनिधिसभाका लागि धनुषा क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष र समानुपातिक दुबै कोटामा पार्टीका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाको एकल नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ता कुमारी यादवको नाम सिफारिस गरिएको छ ।
त्यसैगरि, क्षेत्र नम्बर ३ बाट गाणेश तिवारी र परमेश्वर महासेठ र क्षेत्र नम्बर ४ बाट पार्टीका महासचिव महेन्द्र यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरिएको छ । त्यसैगरि, माओवादीले पतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ बाट मातृका प्रसाद यादवको नाम सिफारिस गरेको छ भने दुईबाट योगकुमार बरबरिया(श्रावण)को नाम सिफारिस गरिएको छ ।
त्यसैगरि, निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखिलाल पासमान र युगेश्वर यादव र क्षेत्र नम्बर ४ बाट देवसागरको एकल नाम सिफारिस गरिएको छ ।

सम्बन्धित खबर