LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनुषाबाट नेपाली काँग्रेसले समानुपातिक १सय १० जना र माओवादी केन्द्रले प्रत्यक्ष तर्फ २७ जनाको नाम सिफारिस गरेका छन् ।
प्रतिनिधी सभाको ४ वटा क्षेत्र रहेको धनुषामा काँग्रेसले प्रत्यक्ष तर्फ ७ र माओवादी केन्द्रले ५ जना अकांक्षी उम्मेदवारहरुको सिफारिस गरेको छ । त्यसैगरि, प्रदेश सभाको ८ वटा क्षेत्रको लागि काँग्रेसले प्रत्यक्ष तर्फ काँग्रेस २७ र माओवादी केन्द्रले २२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
काँग्रेसले प्रतिनिधिसभाका लागि धनुषा क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष र समानुपातिक दुबै कोटामा पार्टीका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाको एकल नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्यद्वय रामकृष्ण यादव र मुक्ता कुमारी यादवको नाम सिफारिस गरिएको छ ।
त्यसैगरि, क्षेत्र नम्बर ३ बाट गाणेश तिवारी र परमेश्वर महासेठ र क्षेत्र नम्बर ४ बाट पार्टीका महासचिव महेन्द्र यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिस गरिएको छ । त्यसैगरि, माओवादीले पतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ बाट मातृका प्रसाद यादवको नाम सिफारिस गरेको छ भने दुईबाट योगकुमार बरबरिया(श्रावण)को नाम सिफारिस गरिएको छ ।
त्यसैगरि, निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखिलाल पासमान र युगेश्वर यादव र क्षेत्र नम्बर ४ बाट देवसागरको एकल नाम सिफारिस गरिएको छ ।

सम्बन्धित खबर