LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

 काठमाडौं । लामो समयदेखि थाती रहेको संघीय शिक्षा ऐन संशोधन विधेयकलाई सरकारले अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन् । ‘संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ,’ उनले फेसबुकमा लखेको छन्, ‘यो विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

ऐन ल्याउन नसक्दा शिक्षक, कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा, विश्वविद्यालय, शिक्षक सेवा आयोगलगायतका निकाय लामो समयदेखि समस्याबाट गुज्रिरहेका थिए। गिरिराजमणि पोखरेलको पालामा संघीय शिक्षा ऐनको मस्यौदा तयार भएको थियो। तर विधयेक अगाडि बढाइएको थिएन।

संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ। संविधान जारी भएको ६ वर्ष भए पनि संघीय शिक्षा ऐन आउन नसक्दा शिक्षासम्बन्धी निकाय पुरानै संरचनामा चलिरहेका थिए ।

सम्बन्धित खबर