LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

 काठमाडौं । लामो समयदेखि थाती रहेको संघीय शिक्षा ऐन संशोधन विधेयकलाई सरकारले अगाडि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपषिदको बैठकले विधेयकलाई विधेयक समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन् । ‘संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ,’ उनले फेसबुकमा लखेको छन्, ‘यो विधेयकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

ऐन ल्याउन नसक्दा शिक्षक, कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा, विश्वविद्यालय, शिक्षक सेवा आयोगलगायतका निकाय लामो समयदेखि समस्याबाट गुज्रिरहेका थिए। गिरिराजमणि पोखरेलको पालामा संघीय शिक्षा ऐनको मस्यौदा तयार भएको थियो। तर विधयेक अगाडि बढाइएको थिएन।

संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ। संविधान जारी भएको ६ वर्ष भए पनि संघीय शिक्षा ऐन आउन नसक्दा शिक्षासम्बन्धी निकाय पुरानै संरचनामा चलिरहेका थिए ।

सम्बन्धित खबर