LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट सीसी क्यामराका दृश्य प्रहरीले संकलन गरेको हो । दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११,५५ बजे पुगेको थियो ।

उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले बताए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ रहेको छ । ‘राति पटकपटक जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोरा भन्छन्, ‘प्राविधिक पक्षको अनुसन्धान भईरहेको छ । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग सीपीएल क्रिकेट खेल्नका लागि जमैकामा हुन । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन ब्रतमा छन् ।

सम्बन्धित खबर