LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट सीसी क्यामराका दृश्य प्रहरीले संकलन गरेको हो । दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११,५५ बजे पुगेको थियो ।

उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले बताए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ रहेको छ । ‘राति पटकपटक जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोरा भन्छन्, ‘प्राविधिक पक्षको अनुसन्धान भईरहेको छ । लामिछाने अहिले क्याराबियन प्रिमियर लिग सीपीएल क्रिकेट खेल्नका लागि जमैकामा हुन । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन ब्रतमा छन् ।

सम्बन्धित खबर