LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सत्तारुढ गठबन्धन विचित्रको रहेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा आयोजना गरेको विचार गोष्ठीमा कोइरालाले कांग्रेस गठबन्धनमा भए पनि गठबन्धनमा रहेका कुनै पनि दलसँग विचार नमिलेको बताए । उनले विचार नमिलेको भए पनि नेकपा एमालेले संविधान असफल बनाउन खोजेकोले गठबन्धन गर्नुपरेको बताए ।हामी गठबन्धनमा छौँ । गठबन्धन कस्तो छ भने एकदमै विचित्रको छ । हामी प्रजातान्त्रिक विचार राख्छौँ ।

गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैनु, उनले भने, ुतर पनि नेकपा एमालेले संविधान असफल बनाउन खोजेकोले गठबन्धन गर्नुपरेको हो ।ु उनले सिद्धान्त नमिल्ने दलहरूसँगको गठबन्धन पवित्र हो कि अपवित्र भनेर चुनावपछि मात्रै भन्न सकिने बताए । उनले नेपाली कांग्रेसले केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको बताए । तालमेल मात्रै होइन, कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रा लागि महत्त्वपूर्ण हो ।

त्यसका लागि त कम्तीमा १०० सिट कांग्रेसले लिनुपर्छु, उनले भने, ुचुनाव जितेर सरकार बनाउन मात्रै गठबन्धन गरिनु राम्रो भएन ।ुउनले कांग्रेसले बिना भेदभाव चुनाव जित्न सक्ने नेतालाई टिकट दिनुपर्ने बताए । ुहामी कुनै गुटको राजनीति गर्दैनौँ । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौँला । तर अहिले कांग्रेसलाई चुनाव जिताउनु पर्नेछ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छु, कोइरालाले भने ।

 

सम्बन्धित खबर