LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

फाएजा फहमीदा
जनकपुरधाम ।
नेपाल आयल निगम लिमिटेड इन्धन डिप्पो महेन्द्रनगर धनुषाका प्रमुख टिकजंग थापाले लोड गरिएको भन्दा कम इन्धन आपुर्ति गर्ने ट्रयाङ्गकर तथा ट्रयाङ्गकर चालकलाई संरक्षण गरेको पाईएको छ ।
भारत विहार राज्यको बरौनीबाट पेट्रोल ढुवानी गर्ने केहि ट्रयाङ्गकरले लोड गरिएको भन्दा कम इन्धन आपुर्ति गरेको पाईएपनि प्रमुख थापाले त्यसलाई कारवाही नगरि संरक्षण गरेका हुन् । गत भदौ १७ गते डिप्पो महेन्द्रनगरले बरौनिबाट पेट्रोल ल्याएका ट्रयाङ्गकर नम्बर ३०१०,२२०८ र २९०७० मा चेकजाँच गर्दा ति ट्रयाङ्गकरमा ७० देखि ९० लिटर सम्म कम इन्धन पाईएको थियो । त्यसको दुई दिन पछि भदौ १९ मा पुनः ट्रयाङ्गकर नम्बर १३६८,३००३ र ३४१३ मा चेकजाँच गर्दा ति ट्रयाङ्गकरमा पनि बसौनीमा लोड गरिएको भन्दा कम इन्धन पाईएको थियो । तर प्रमुख थापाले ति ट्रयाङ्गकर धनि र ट्रयाङ्गकर चालकलाई कुनै कारवाही नगरि उनीहरुलाई त्यतिकै छाडेको बताईएको छ ।
लोड गरिएको भन्दा कम इन्धन आपुर्ति गरेको पाइएको खण्डमा तत्काल ट्रयाङ्गकर धनि र चालकलाई कारर्वाही गर्ने तथा भएको सम्झौता तोडने नेपाल आयल निगमको प्रवधान छ । प्रमुख थापाले आर्थिक प्रलोभनमा पनि ति ट्रयाङ्गकरहरुलाई कुनै कारर्वाही नै नगरि त्यति नै छोडेका छन् ।
प्रमुख थापाले पनि चेकजाँचमा विभिन्न ५ वटा ट्रयाङ्गकरमा प्राविधिक कमिकजोरी देखिएको र ति ट्रयाङ्गकरले लोड गरिएको कम इन्धन आपुर्ति गरेको स्वीकार गरे । उनले भने,‘ चेकजाँच गर्दा ति ट्रयाङ्गकरमा प्राविधिक कमिकजोरीहरु थियो, इन्धन पनि लोड गरिएको भन्दा कम थियो । तर पहिलो चोटी भएकोले चेतावनी दिए नै छोडिएको बताए । मापदण्ड विपरित काम गर्ने ट्रयाङ्गकरलाई तत्काल कारर्वाही गरि उनीहरुसँगको सम्झौता सदाको लागि खारेज गर्ने कडा प्रवधान हुदाँ हुदै प्रमुख थापाले चेतावनि दिएर मात्रै छोडनु भनेको उनीहरुलाई बढावा दिनु हो, एक इन्धन व्यापारिले भने,‘ कम इन्धन आपुर्ति गर्ने ट्रयाङ्गकरवालाहरुको कारण पेट्रोल पम्पका संचालकका साथै नेपाल सरकारलाई पनि क्षति हुने गरेको छ ।
यता, प्रमुख थापाले केहि ट्रयाङ्गकर धनिहरुको आर्थिक तथा राजनीतिक दवावमा उनीहरुलाई कारर्वाही नगरेको डिप्पो कै एक कर्मचारीले बताए ।

 

सम्बन्धित खबर