LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

जनकपुरधाम । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये कांग्रेसको जनधार बढी रहेकाले ६० प्रतिशत सिट आफूहरूले नै पाउनुपर्ने निर्णय प्रदेश समितिको बिहीबार अबेर राति सकिएको बैठकले गरेको मधेस प्रदेश प्रचारप्रसार समितिका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
बैठकले जिल्लाबाट सिफारिस भएर आएका सबै उम्मेदवारको नाम र सिफारिसमा नपरेका र प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूको नाम रायसहित केन्द्रमा पठाउने निर्णय गरेको उनले जानकारी दिए ।
आवश्यकताअनुसार प्रचारप्रसार समिति गठन गर्ने, केन्द्रद्वारा तर्जुमा गरिने घोषणापत्रमा मधेसको आर्थिक, सामाजिक रुपान्तरणको लागि मुद्दाहरू समावेश गराउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्वर्गीय नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

सम्बन्धित खबर