LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको समय नजिकिदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धन गर्ने संवाद सुरु भएको छ । दुई दलबीच चुनावी गठबन्धनका लागि छलफल सुरु भएको छ । यद्यपी एमालेले मधेश प्रदेशमा मात्र चुनावी गठबन्धन गर्नेगरी छलफल भइरहेको जनाएको छ । गठबन्धनलाई मूर्त बनाउन दुबै पार्टीका अध्यक्ष छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच संवाद सुरु भइसकेको छ ।गठबन्धन गरेर चुनावी मैदानमा जान सकारात्मक भए पनि गठबन्धनको मापदण्डको विषयमा भने छलफलले गति पाएको छैन ।लोसपा नेता डा. सुरेन्द्र झाले लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको बताए । ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको उनले बताए ।

सम्बन्धित खबर