LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

प्रतिबन्धित लागूऔषध र हतियारसहित सिरहाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. २ चतरी बस्ने १९ वर्षीय सुमन कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन । शुक्रवार दिउँसो सिरहा नगरपालिका १७ कमला बाँध स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट साइकलमा नेपालतर्फ आउदै गरेको युवकलाई चेकजाँत गर्दा लागूऔषध बरामद गरेको छ ।

युवकको साथबाट नाइट्राभेट ट्याब्लेट २६ पिस, डाईजेल्याब ३ एम्पुल, सिरिन्ज १ थान, फलामको तरवार १ थान, फलामको फर्सा १ थान, फाईटर ६ थान, पेस्तोल जस्तो आकारको लाइटर गन १ थान र साईकल १ थान बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । जिल्ला अदालत सिरहाबाट म्याद लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  जानकारी गराए ।

सम्बन्धित खबर