LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

२४ भदौ, काठमाडौं । भैरहवाको नाका पारी सुनौली बजारमा भारतबाट नेपाल आउन लागेका मालबाहक ट्रकको लामो रहे छ । २ दिनदेखि नौतन्वाबाट लागेको यही जाममा फसेका छन्, अमजद पठान र उनका सहचालक ।गाडी सडकमा खडा गरेर खाने काम सजिलो छैन, वरिपरि कतै शौचालय हुदैन’, खान भन्छन्, ‘योभन्दा वीरगञ्ज नाका धेरै सजिलो छ ।

तुरुन्त गाडी भन्सार भित्र जान्छ, तुरुन्तै निस्कन पाउँछ ।’भारतबाट सर्फ र साबुन लिएर आएका उनले अगाडिको बाटो सम्झदै भने, ‘काठमाडौं जाने रोड उस्तै खराब रहेको छ । कान समात्छु, अब यो नाका भएर कहिले आउँदैनौं ।’दुई दिन जाममा परेर भैरहवा भन्सारको यार्डमा गाडी छिराएका रामसुन्दर यादव एकै दिनमा पास भएर जान नपाएकोमा दिक्क भएका छन ।

‘फटाफट काम नहुने नियम छ, रोड उस्तै गडबड छ, हामीले कस्लाई भन्नु ’ उनी भन्छन्, ‘हामी ड्राइभर, कसलाई के गर्न सक्छौं, चुप बस्ने बाहेक अरु विकल्प छैन ।’भैरहवाको सुख्खा बन्दरगाहमा ट्रक कुरेर बसेका सलाम हुसैनको पनि ‘दिमाग खराब’ भएको छ ।

‘यत्रो पार्किङमा तपाईंले कतै एउटा धारो या ह्यान्ड पम्प देख्नुभो ’ उनले भने, ‘ट्वाइलेट जान त सपनाको कुरा पानी पिउन र हातमुख धुन पनि नपाइने चियानास्ता गर्ने एउटा पसल सम्म छैन । क्या हालत ।’अर्का चालक शंकर देवगणले नौतन्वाबाट सुनौली, भैरहवा, बुटवल, नारायणगढ हुँदै काठमाडौं पुग्दा कलियुगको महाभारत जिते बराबर हुने उनले भने ।

सम्बन्धित खबर