LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

२४ भदौ, काठमाडौं । २ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से २३ भदौ २०७९ मा १९३७.७४ अंक सम्म झर्‍यो । परिसूचकमा गिरावट हुँदा बजार पूँजीकरणमा १६ खर्ब ८९ अर्ब २ करोड ९९ लाख रुपैयाँको गिरावट आए । २ भदौ २०७८ मा नेप्से ३१९९.०३ अंकमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेका थिए। २३ भदौ २०७९ मा आउँदा २७ खर्ब ७९ अर्ब ४८ करोड ५५ लाखमा झरेको हो ।

गत आर्थिक वर्ष २०७८र७९ मा कुल ५५ अर्ब ८९ करोड चुक्ता मूल्य बराबरको बोनस सेयर, ११ अर्ब ९७ करोड चुक्ता मूल्य बराबरको हकप्रद सेयर र २३ अर्ब २८ करोड रुपैयाँ चुक्ता मूल्य बराबरको साधारण सेयर सूचीकृत भएका छन । करिब ९१ अर्ब भन्दा बढी चुक्ता मूल्य भएको सेयर नेप्सेमा गत आर्थिक वर्षमा थप कम्पनी सूचीकृत हुँदा पनि बजार पूँजीकरण भने करिब १७ खर्बले घटे । अर्थात् एक वर्षको अवधिमा सेयर लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ सम्पत्ति गुमाए ।

नेपालमा संस्थापक र साधारण धितोपत्रको छुट्टाछुट्टै कारोबार हुने भएपनि बजार पूँजीकरण भने साधारण सेयरको कारोबार मूल्यको आधारमा गणना हुँदै आएका छन । बजारको ‘वियरिस साइकिल’ एक वर्ष पूरा हुँदा कारोबार रकम पनि झनै तल आए । ३१ साउन २०७८ मा एकैदिन २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा हाल दैनिक कारोबार रकम १ अर्बबाट पनि तल झर्न थालेका छन ।२०७८ साउन महिनाको कुल कारोबार रकम करिब ३ खर्ब रहेको छ ।

साउनमा कारोबार भएको २१ दिनमा ६६ करोड ६५ लाख ९९ हजार कित्ता सेयर किनबेच भई २ खर्ब ९१ अर्ब ५७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका थिए । तर २०७९ को साउन महिनामा २६ दिन बजार सञ्चालन हुँदा कारोबार रकम ७२ अर्ब ६१ करोड ६१ लाखमा सीमित भए । अझै भदौ लागेपछिको कारोबार रकम दैनिक १ अर्ब हाराहारीमा मात्रै सीमित छ ।

सम्बन्धित खबर