LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

२४ भदौ, काठमाडौं । २ भदौ २०७८ मा ३१९९.०३ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से २३ भदौ २०७९ मा १९३७.७४ अंक सम्म झर्‍यो । परिसूचकमा गिरावट हुँदा बजार पूँजीकरणमा १६ खर्ब ८९ अर्ब २ करोड ९९ लाख रुपैयाँको गिरावट आए । २ भदौ २०७८ मा नेप्से ३१९९.०३ अंकमा पुग्दा कुल बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेका थिए। २३ भदौ २०७९ मा आउँदा २७ खर्ब ७९ अर्ब ४८ करोड ५५ लाखमा झरेको हो ।

गत आर्थिक वर्ष २०७८र७९ मा कुल ५५ अर्ब ८९ करोड चुक्ता मूल्य बराबरको बोनस सेयर, ११ अर्ब ९७ करोड चुक्ता मूल्य बराबरको हकप्रद सेयर र २३ अर्ब २८ करोड रुपैयाँ चुक्ता मूल्य बराबरको साधारण सेयर सूचीकृत भएका छन । करिब ९१ अर्ब भन्दा बढी चुक्ता मूल्य भएको सेयर नेप्सेमा गत आर्थिक वर्षमा थप कम्पनी सूचीकृत हुँदा पनि बजार पूँजीकरण भने करिब १७ खर्बले घटे । अर्थात् एक वर्षको अवधिमा सेयर लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ सम्पत्ति गुमाए ।

नेपालमा संस्थापक र साधारण धितोपत्रको छुट्टाछुट्टै कारोबार हुने भएपनि बजार पूँजीकरण भने साधारण सेयरको कारोबार मूल्यको आधारमा गणना हुँदै आएका छन । बजारको ‘वियरिस साइकिल’ एक वर्ष पूरा हुँदा कारोबार रकम पनि झनै तल आए । ३१ साउन २०७८ मा एकैदिन २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा हाल दैनिक कारोबार रकम १ अर्बबाट पनि तल झर्न थालेका छन ।२०७८ साउन महिनाको कुल कारोबार रकम करिब ३ खर्ब रहेको छ ।

साउनमा कारोबार भएको २१ दिनमा ६६ करोड ६५ लाख ९९ हजार कित्ता सेयर किनबेच भई २ खर्ब ९१ अर्ब ५७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका थिए । तर २०७९ को साउन महिनामा २६ दिन बजार सञ्चालन हुँदा कारोबार रकम ७२ अर्ब ६१ करोड ६१ लाखमा सीमित भए । अझै भदौ लागेपछिको कारोबार रकम दैनिक १ अर्ब हाराहारीमा मात्रै सीमित छ ।

सम्बन्धित खबर