LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको उद्घाटन
जनकपुरधाम । जनकपुरधामस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ ।
शुक्रवार एक समारोह बीच एआईजी पुजा सिंहले जनकपुरधामको बस पार्कस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अएआईजी सिंहले प्रहरी पेशप्रति मधेशका किशोरीहरुमा आकर्षण नरहेको प्रति चिन्ता व्यक्त गरिन् ।
देश र जनतालाई सेवा गर्न तथा आफ्नो क्षमता र पहिचान प्रहरी पेश पनि उत्कृष्ठ रहेको दावि गर्दै एआईजी सिंहले भने,‘ आजभन्दा ३० वर्ष प्रहरीमा आवेदन दिदाँ मलाई घरबाटै रोक्ने काम भयो । तर पनि प्रहरी बनेर देश र जनताको सेवा गर्ने इच्छाले यो पेशामा लागे ।’ प्रदेश सरकारहरु प्रदेश प्रहरीको भौतिक पुर्वाधारमा व्यापक लगानी गरिरहेपनि मधेश प्रदेश सरकारको प्रहरीको भौतिक पुर्वाधारमा न्युन मात्रा लगानी रहेको बताईन ।


राज्यका हरेक नागरिक बिना बर्दिका प्रहरी रहेको बताउदै उनले भनिन्,‘ कुनै पनि अपराधको अनुसन्धानमा जनताको सहयोग नभएर सम्म त्यो अपराधको सत्यता वाहिर ल्याउन सम्भव हुदैन । त्यसकरण तपाईले देखेको वा सुनेको अपराध वारे प्रहरीलाई सहयोग गर्नु आमनागरिकको पनि दायित्व हुन्छ ।’ आफु जन्मेहुर्केको ठाँउमा एक कार्यालयको उदघाटन गर्ने अवसर जुराई दिएकोमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषालाई उनले धन्यवाद समेत दिईन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख मकसुद आलम खाँ, प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादव, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौर सहितका वक्ताहरुले मन्तव्य राखेका थिए । ४ करोड ५ लाखको लागतमा निर्माण भएको अढाई तल्ले भवन प्रहरी प्रधान कार्यालयको नियमित वजेट निर्माण गरिएको छ । त्यसैगरि, शुक्रावर नै वटेश्वरमा एक प्रहरी चौकीको उदघाटन गरिएको छ ।

सम्बन्धित खबर