LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको उद्घाटन
जनकपुरधाम । जनकपुरधामस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ ।
शुक्रवार एक समारोह बीच एआईजी पुजा सिंहले जनकपुरधामको बस पार्कस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अएआईजी सिंहले प्रहरी पेशप्रति मधेशका किशोरीहरुमा आकर्षण नरहेको प्रति चिन्ता व्यक्त गरिन् ।
देश र जनतालाई सेवा गर्न तथा आफ्नो क्षमता र पहिचान प्रहरी पेश पनि उत्कृष्ठ रहेको दावि गर्दै एआईजी सिंहले भने,‘ आजभन्दा ३० वर्ष प्रहरीमा आवेदन दिदाँ मलाई घरबाटै रोक्ने काम भयो । तर पनि प्रहरी बनेर देश र जनताको सेवा गर्ने इच्छाले यो पेशामा लागे ।’ प्रदेश सरकारहरु प्रदेश प्रहरीको भौतिक पुर्वाधारमा व्यापक लगानी गरिरहेपनि मधेश प्रदेश सरकारको प्रहरीको भौतिक पुर्वाधारमा न्युन मात्रा लगानी रहेको बताईन ।


राज्यका हरेक नागरिक बिना बर्दिका प्रहरी रहेको बताउदै उनले भनिन्,‘ कुनै पनि अपराधको अनुसन्धानमा जनताको सहयोग नभएर सम्म त्यो अपराधको सत्यता वाहिर ल्याउन सम्भव हुदैन । त्यसकरण तपाईले देखेको वा सुनेको अपराध वारे प्रहरीलाई सहयोग गर्नु आमनागरिकको पनि दायित्व हुन्छ ।’ आफु जन्मेहुर्केको ठाँउमा एक कार्यालयको उदघाटन गर्ने अवसर जुराई दिएकोमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषालाई उनले धन्यवाद समेत दिईन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख मकसुद आलम खाँ, प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादव, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौर सहितका वक्ताहरुले मन्तव्य राखेका थिए । ४ करोड ५ लाखको लागतमा निर्माण भएको अढाई तल्ले भवन प्रहरी प्रधान कार्यालयको नियमित वजेट निर्माण गरिएको छ । त्यसैगरि, शुक्रावर नै वटेश्वरमा एक प्रहरी चौकीको उदघाटन गरिएको छ ।

सम्बन्धित खबर