LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएको छ ।जनकपुरधाममा मधेश आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले शहीदको बलिदानकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको उनले बताए । उनले मधेशसहित विभिन्न आन्दोलन अगाडि मधेशीलाई नेपाली नागरिक पनि नमानिएको भन्दै भने, ‘मधेशीलाई बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो । वीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको हो ।’शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष यादवले भने ।लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व रहेको उनले बताए ।

सम्बन्धित खबर