LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

मधेश विद्रोहकै कारण मधेशीले नेपालको नागरिकको सम्मान पाएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएको छ ।जनकपुरधाममा मधेश आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले शहीदको बलिदानकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको उनले बताए । उनले मधेशसहित विभिन्न आन्दोलन अगाडि मधेशीलाई नेपाली नागरिक पनि नमानिएको भन्दै भने, ‘मधेशीलाई बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो । वीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको हो ।’शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष यादवले भने ।लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व रहेको उनले बताए ।

सम्बन्धित खबर