LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएको छ । कांग्रेसको युवा संगठन नेपाल तरुण दल, काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाँणले पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको जिकिर गरेका छन ।‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्छ, तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन उनले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन ।’आफू कांग्रेस केन्द्रीय सदस्य र गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित गर्ने र शान्तिपूर्ण निर्वाचन गर्ने आफ्नो दायित्व भएको खाँणले बताएका छन । ‘त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आवद्ध छौं । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो’ उनले बताए ।

सम्बन्धित खबर