LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । २७ भदौ
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले निर्वाचनको समय नजिदै जदाँ एमाले वाहेकका पार्टीहरुमा पहिरो जान थालेका टिप्पणी गरेका छन् ।सोमवार जनकपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभरि नै एमालेको लहर र आकर्षण रहेकोे दावि गरेका छन । असोज ८ गते पुनः धनुषा क्षेत्र २ मा विशाल पार्टी प्रवेश हुदैछ, अध्यक्ष ओलिले भने,‘म सबै पार्टीलाई खुल्ला रुपमा भन्न चाहन्छु, तिमिहरु आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सम्हालन सक्छौ भने सम्हालन नत्र खस्रो माटो जस्तो तिमिहरुको पार्टीमा पहिरो गएका छन्, भत्किरहेका छन्,कसैले रोक्न सक्दैनन्, त्यसैले ८ गते हुने कार्यक्रमको वारेमा पहिला नै भनिदिएकोछु, त्यहाँ हजारौको प्रवेश हुदैछ । एमाले वाहेकले अरु कुनै पार्टीले पार्टी जोगाउने अवस्था छैन, उहाँहरुको कामले, उहाँहरुको अहंकार र विचारले उहाँको पार्टीको अस्तृत्व जोगाउन गाह्रो छ ।’चुनाव अघि उहाँहरुले गठबन्ध गठबन्धन भन्नु हुन्छ, पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘ गठबन्धन त उहाँहरुलाई गर्नै पर्छ, गठबन्धन गरेन भने एमाले तिर नहेरे हुन्छ । गठबन्धन नगरेर एक्लै चुनावमा लड्छु भने आट नगरे हुन्छ । शेरवहादुर जि र पुष्पकमल दाहाल जिले यो कुरा राम्रोसँग बहुत राम्री बुझनु भएको छ । भविष्य के हुदैछ,उहाँमा छटपटि छ, चेरहराबाट मुस्कान हराएको छ ।’ अंगीकृत नागरिकहरुको सन्तानलाई नागरिकता दिदाँ एमाले अवरोध गरेको झुठा भ्रम फैलाएर जनतामा भ्रम छर्ने काम गठबन्धन दलहरुले गरिरहेको अध्यक्ष ओलीको आरोप थियो । अंगीकृत नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ भनेर मेरै नेतृत्को सरकारले अध्यादेश मार्फत कानुन ल्याएको थियो, अध्यक्ष ओलीले भने,‘ गठबनधन दलकै नेताहरुले त्यसमा अदालतमा मुद्दा दर्ता गराएर त्यसलाई रोक्ने काम गरे, नागरिकताको विषयमा राष्ट्रपतिले उठाएको विषयमा गठबनधन दलले कुनै चासो नलिने, नागरिकरता जस्तो विषयमा ठुला पार्टीसँग कुनै सरसल्लाह नै नगर्ने, त्यसमा भएका गलत बुँदालाई नसच्चाउने,अनि एमालेलाई दोष दिने ? ।’
अंगीकृत नागरिकका सन्तानलाई नागरिकता दिनुपर्छ भने लेखर प्रतिनिभि सभामा ल्याउनुस, त्यसलाई परित गराउने जिम्मा एमालेको हुन्छ ।’ मंसिर ४ मा हुने निर्वाचन निर्माण मात्रै होईन नरहेको भन्दै अध्यक्ष ओलीले यो निर्वाचनले मुलुकको भाग्यको निर्धारण गर्ने माध्य समेत रहेको बताए । निर्वाचनमा गठबन्धनले बहुमत ल्याए देशमा अस्थिरता हुन्छ,विदेशी हस्तक्षेप बढ्छ, लोतकन्त्रको नाममा लुटतन्त्र हावि हुने उनको भनाई थियो । यसैबीच, कार्यक्रममा जनता समाजवादी पार्टी( जसपाका प्रतिनिधी र प्रदेश सासद, काँग्रेसका पुर्व जिल्ला उपसभापतिसहितले एमालेमा प्रवेश गरेका छन् । जसपाका प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव, नेपाली काँग्रेसका धनुषाका पुर्व उपसभापति सन्तोष यादव, जसपाका केन्द्रि सदस्य एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् । यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितले सोमवार नै एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका लागि जनकपुर आएका अध्यक्ष ओलीलाई एमाले धनुषाका नेता तथा कार्यकर्ताहरुल्े अध्यक्ष ओलीलाई सय ५ किलो मताको सम्मान गरियो । जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन् ।पार्टी प्रवेशकै लागि जनकपुर आएका अध्यक्ष ओललाई नेकपा एमालेका कर्यकताहर्रुले जोरदार स्वागत गरेका थिए ।

 

सम्बन्धित खबर