LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको गुणादीका बासिन्दासँग माफी मागेका हुन । गुणादीको पानीका बारेमा आफूले बोलेका कुरालाई सञ्चार माध्यमले व्याख्यासहित सप्रेषण गर्दा गुणादीका बासिन्दाको भावनामा ठेस पुगेको भन्दै उनले माफी मागेका छन ।वक्तव्य निकालेर पौडेलले भनेका छन्, ‘मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु।’

गतसाता दमौलीमा भएको कार्यक्रममा आफूले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सञ्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको तर त्ससलाई गलत व्याख्या गरिएको उनको दाबी रहेको छ । गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन्,’ पौडेलेले भने, ‘मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।’

सम्बन्धित खबर