
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको हो । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको छ । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको हो ।मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको हो ।मंगलबार सबै उपसमुहहरु राताम्य रह्यो ।
मंगलबार बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागे । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको हो ।मंगलबार मैलुङ खोला, सानिमा लार्ज क्याप, यूनिभर्सल पावर कम्पनी, रिभरफल्स कम्पनीसहितको सेयर मूल्य धेरैले बढ्यो । नविल बैंक डिभेन्चरको मूल्य सबैभन्दा बढी ९.९५ प्रतिशतले घटेको हो ।