
धनुषामा एक महिलाको शव फेला परेको हो । जिल्लाको शहीद नगरपालिका–३, मंगलबार बिहान पुलचौकस्थित नहर नजिक रहेको झाडीमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले जनाए । परिचय खुल्न नसके पनि हरियो साडी लगाएका र मधेसी मुलको महिला हुनसक्ने अनुमान गरिएको उनले भने । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले जनाए ।