LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

सप्तरीमा नेपाल भारतको दशगजा क्षेत्रमा एक पहाडी मुलका पुरुषको शव फेला परेको हो ।तिलाठी कोईलाडी गाउँपालिका १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोको दाहिने साईड कुनौली जाने दशगाजामा बुधवार बिहान करिब साढे ६ बजेको समयमा करिब ४०, ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो । पहाडी मुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घट्नास्थलमा पुगेर लास जाँच मुचुल्का गरेको र मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

सम्बन्धित खबर