LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

अवैध सम्बन्ध लुकाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा नगरपालिका( १५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेको प्रहरीले जनाएका हो।मंगलबार बिहान ४२ वर्षीय जगदीशको शव आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो । उक्त घटनापछि प्रहरीले जगदीशकी श्रीमती ग्रिजादेवी र एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पुरुष ५२ वर्षीय फुलचन्द्र बानियाँँसँगको अवैध सम्बन्धका कारण ग्रिजादेवीले श्रीमानको हत्या गरेको प्रहरीको दाबी रहेको छ । सोमबार राति एक बजे कोठामा सुतिरहेका जगदीशको टाउको र शरीरका विभिन्न भागमा ग्रिजादेवीले धारिलो हतियार अन्धाधुन्ध प्रहार गरेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।

सम्बन्धित खबर