LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

अवैध सम्बन्ध लुकाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा नगरपालिका( १५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेको प्रहरीले जनाएका हो।मंगलबार बिहान ४२ वर्षीय जगदीशको शव आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो । उक्त घटनापछि प्रहरीले जगदीशकी श्रीमती ग्रिजादेवी र एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्ने पुरुष ५२ वर्षीय फुलचन्द्र बानियाँँसँगको अवैध सम्बन्धका कारण ग्रिजादेवीले श्रीमानको हत्या गरेको प्रहरीको दाबी रहेको छ । सोमबार राति एक बजे कोठामा सुतिरहेका जगदीशको टाउको र शरीरका विभिन्न भागमा ग्रिजादेवीले धारिलो हतियार अन्धाधुन्ध प्रहार गरेको रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।

सम्बन्धित खबर