LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

बाराको एक स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीसँग दुव्र्यवहार गरेपछि कर्मचारीहरु आन्दोलित भएका हन ।जीतपुर सिमरा उपमहानगरपालिका वडा नं। ३ का वडाध्यक्षले नापीका कर्मचारी माथि दुव्र्यवहार गरेको भन्दै जीतपुर सिमराका कर्मचारीहरुले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रेका छन् । वडाध्यक्ष ताराबहादुर कार्कीले अदालतमा विचाराधीन रहेको विवादित जग्गामा नापी कर्मचारीले भनेजस्तो काम नगरेको भन्दै २ जना अमिनलाई ३ घन्टासम्म थुनेर गाली गलौज गरेको कर्मचारीहरुले आरोप लगाएका हुन ।

कार्कीले जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानगरका अमिनहरु अम्बिकाप्रसाद कुशहवा र प्रदीपकुमार वैठालाई बोलाएका थिए । जग्गा नाप्न पुगेका अमिनहरु अदालतमा मुद्दा विचाराधीन रहेको विवादित जग्गामा फैसला नआएसम्म नापजाँच गर्न नसकिने भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अटेर गरेपछि वडाध्यक्ष कार्कीले कुशहवा र वैठालाई ३ घन्टासम्म थुनेर राखेको कर्मचारीले आरोप लगाएका हुन ।

थुनिएका कर्मचारीलाई नगरप्रमुख राजन पौडेलले प्रहरीको सहयोगमा बुधवार साँझ उद्धार गरेका थिए ।यता, वडाध्यक्ष कार्कीले सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताएका छन ।

 

सम्बन्धित खबर