LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

बाराको एक स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीसँग दुव्र्यवहार गरेपछि कर्मचारीहरु आन्दोलित भएका हन ।जीतपुर सिमरा उपमहानगरपालिका वडा नं। ३ का वडाध्यक्षले नापीका कर्मचारी माथि दुव्र्यवहार गरेको भन्दै जीतपुर सिमराका कर्मचारीहरुले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रेका छन् । वडाध्यक्ष ताराबहादुर कार्कीले अदालतमा विचाराधीन रहेको विवादित जग्गामा नापी कर्मचारीले भनेजस्तो काम नगरेको भन्दै २ जना अमिनलाई ३ घन्टासम्म थुनेर गाली गलौज गरेको कर्मचारीहरुले आरोप लगाएका हुन ।

कार्कीले जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानगरका अमिनहरु अम्बिकाप्रसाद कुशहवा र प्रदीपकुमार वैठालाई बोलाएका थिए । जग्गा नाप्न पुगेका अमिनहरु अदालतमा मुद्दा विचाराधीन रहेको विवादित जग्गामा फैसला नआएसम्म नापजाँच गर्न नसकिने भन्दै मुचुल्कामा हस्ताक्षर गर्न अटेर गरेपछि वडाध्यक्ष कार्कीले कुशहवा र वैठालाई ३ घन्टासम्म थुनेर राखेको कर्मचारीले आरोप लगाएका हुन ।

थुनिएका कर्मचारीलाई नगरप्रमुख राजन पौडेलले प्रहरीको सहयोगमा बुधवार साँझ उद्धार गरेका थिए ।यता, वडाध्यक्ष कार्कीले सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताएका छन ।

 

सम्बन्धित खबर