LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पहिलो महिना साउन सकिंदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको हो ।नेपाल राष्ट्र बैंकका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात थियो ।सरकारले पहिलो महिना पूँजीगत खर्च मात्र १ अर्ब ४८ करोड गर्न सकेको छ । चालु खर्च ५ अर्ब ६६ करोड हुँदा वित्तीय व्यवस्थामा १५ अर्ब १२ करोड रुपैयाँ खर्च गर्न सकेको छ । यसले सरकारको कुल खर्च २२ अर्ब २६ करोड रुपैयाँ मात्र भएको देखिएको छ । यस आवमा सरकारले राजस्व परिचालनबाट ७९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको हो ।

सम्बन्धित खबर