LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । अवैध सम्बन्धन लुकाउन आफ्नै भाई बुहारीलाई हत्या गरेको आरोपमा धनुषा प्रहरीले जेठाजुसहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्लाको शहिदनगर नगपालिका –३ बस्ने यदुकोह बस्ने अरुण दासको २८ वर्षिया श्रीमती बबितिया देवि दासको हत्यामा उनका जेठाजु विरेन्द्र दाससहित ३ जनालाई प्रहरी सार्वजनिक गरेको छ । बबितियाको श्रीमान वैदेशिक रोजगारमा मलेसियामा रहेको अवस्थामा जेठाजु दासले आफ्नै भाई बुहारी बबितियासँग अनैतिक सम्बन्ध बनाएका थिए ।

आफुहरु बीचको सम्बन्ध गाउँसमाजमा जानकारि भएपछि आफ्नो ईज्जत जाने डरले दासले आफ्ना सालो शहिदनगर नगरपालिका–७ बस्ने १९ वर्षिय उमेश दास र नातामा काका पर्ने १९ वर्षिय सत्रुधन दासलाई प्रयोग गरि बबितियाको हत्या गराएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए बबितियालाई घरमै सुतिरहेको अवस्थामा तीनै जनाले मिलेर घाँटी कसेर मारेका देखिएको उनले बताए ।

त्यसैगरि, मादक पर्दाथ सेवन गरि आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले धनुषा सबैला नगरपालिका– ५ मखनाहा बस्ने २५ वर्षिय मनोज मण्डललाई प्रहरीले पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ । त्यसैगरि, एक कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने २३ वर्षीय राजिव कुमार मण्डल रहेका छन् । २०७८ भदौ २६ गते बिहान २ बजेको समयमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजिव कुमार मण्डलले धारिलो हतियार ९तरवार० ले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

 

 

ब्ततबअजmभलतक बचभब

सम्बन्धित खबर