LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । अवैध सम्बन्धन लुकाउन आफ्नै भाई बुहारीलाई हत्या गरेको आरोपमा धनुषा प्रहरीले जेठाजुसहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरेर जिल्लाको शहिदनगर नगपालिका –३ बस्ने यदुकोह बस्ने अरुण दासको २८ वर्षिया श्रीमती बबितिया देवि दासको हत्यामा उनका जेठाजु विरेन्द्र दाससहित ३ जनालाई प्रहरी सार्वजनिक गरेको छ । बबितियाको श्रीमान वैदेशिक रोजगारमा मलेसियामा रहेको अवस्थामा जेठाजु दासले आफ्नै भाई बुहारी बबितियासँग अनैतिक सम्बन्ध बनाएका थिए ।

आफुहरु बीचको सम्बन्ध गाउँसमाजमा जानकारि भएपछि आफ्नो ईज्जत जाने डरले दासले आफ्ना सालो शहिदनगर नगरपालिका–७ बस्ने १९ वर्षिय उमेश दास र नातामा काका पर्ने १९ वर्षिय सत्रुधन दासलाई प्रयोग गरि बबितियाको हत्या गराएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए बबितियालाई घरमै सुतिरहेको अवस्थामा तीनै जनाले मिलेर घाँटी कसेर मारेका देखिएको उनले बताए ।

त्यसैगरि, मादक पर्दाथ सेवन गरि आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले धनुषा सबैला नगरपालिका– ५ मखनाहा बस्ने २५ वर्षिय मनोज मण्डललाई प्रहरीले पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ । त्यसैगरि, एक कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने २३ वर्षीय राजिव कुमार मण्डल रहेका छन् । २०७८ भदौ २६ गते बिहान २ बजेको समयमा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजिव कुमार मण्डलले धारिलो हतियार ९तरवार० ले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

 

 

ब्ततबअजmभलतक बचभब

सम्बन्धित खबर