LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर सरकारले नजरबन्द गरेको भन्दै आपत्ति जनाए ।

‘सेना, प्रहरी छ भन्दैमा कसैलाई नजरबन्द गर्न पाइन्छ, घर घेर्न पाइन्छ रु,’ ओलीले भने, ‘लोकतन्त्रमा कसैलाई नजरबन्द गर्न पाइँदैन ।’ उनले सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको आरोप पनि लगाए । हिजो महाभियोग समितिले जबरालाई महाभियोग लगाउन बहुमतले प्रतिनिधिसभालाई सिफारिस गरेलगत्तै जबरालाई अदालत फर्कने प्रयास गरेका थिए ।

त्यसक्रममा उनले आज बिहान ११ बजे अदालत फर्कने भन्दै मुख्य रजिष्ट्रारलाई आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका थिए । तर, सरकारले बिहानैदेखि प्रहरी परिचालन गरी उनलाई सरकारीनिवासबाट बाहिर निस्कन दिएको थिएन । नेपाल बार र सर्वोच्च बारले पनि अदालतको गेटमै रोक्ने तयारी गरेका थिए । सरकारले अदालतको गेटमासमेत पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको थियो ।

सम्बन्धित खबर