LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर सरकारले नजरबन्द गरेको भन्दै आपत्ति जनाए ।

‘सेना, प्रहरी छ भन्दैमा कसैलाई नजरबन्द गर्न पाइन्छ, घर घेर्न पाइन्छ रु,’ ओलीले भने, ‘लोकतन्त्रमा कसैलाई नजरबन्द गर्न पाइँदैन ।’ उनले सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको आरोप पनि लगाए । हिजो महाभियोग समितिले जबरालाई महाभियोग लगाउन बहुमतले प्रतिनिधिसभालाई सिफारिस गरेलगत्तै जबरालाई अदालत फर्कने प्रयास गरेका थिए ।

त्यसक्रममा उनले आज बिहान ११ बजे अदालत फर्कने भन्दै मुख्य रजिष्ट्रारलाई आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका थिए । तर, सरकारले बिहानैदेखि प्रहरी परिचालन गरी उनलाई सरकारीनिवासबाट बाहिर निस्कन दिएको थिएन । नेपाल बार र सर्वोच्च बारले पनि अदालतको गेटमै रोक्ने तयारी गरेका थिए । सरकारले अदालतको गेटमासमेत पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको थियो ।

सम्बन्धित खबर