LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

मो.इन्तेखाब आलम
जनकपुरधाम । संविधानको दिवसको अवसरमा संघिय सरकार तथा विभिन्न निकायहरुले कार्यक्रम  मनाई रहदा लोपसाले कालो दिवसको रुपमा मनाएको छ । अधुरो अपुरो संविधान स्वीकार्य हुदैन लगायतका नारा लगाउदै लोसपाले धनुषा, महोत्तरी,सर्लाही, रौतहट, वारा पर्सा सहितका जिल्लाहरुमा विरोधका कार्यक्रम गरेका छन् ।

यसैबीच, लोसपा धनुषाले जनकपुरस्थित पार्टी कार्यालयबाट विरोध जुलुस प्रदर्शन गर्दै जनक चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै लोसपाका नेता परमेशर साहले आफुहरुले उठाउदै आएको विषय संविधानमा संसोधन नभएर सम्म संविधान स्वीकार्य नहुने बताए । दर्जनौ व्यक्तिलाई सहिद बनाएर आएको संविधानलाई विना संसोधन स्वीर्काय गर्न नसकिने बताउदै पार्टीले मधेश प्रदेशका सबै जिल्लामा संविधान दिवसलाई कालो दिवसको रुपमा बनाउने निर्देशन आएको उनले बताए ।

संसदबाट पारित नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवि भण्डारीले २४ घण्टा भित्रमा परिमाणिकरण नगरे लोसपाले आन्दोलनमा जाने चेतावनि दिए । संसदबाट पारित भएको नागरिकता विद्येयकलाई प्रमाणिकरण नगरेर अंगकृत नागरिकका सन्तानहरुको भविष्यसँग लेखवाड गरिरहेको उनले आरोप लगाए । नागरिकता विद्येयक प्रमाणिकरण नभए असोज ५ देखि कडा आन्दोलन गरिने बताए ।

 

 

सम्बन्धित खबर