LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

मो.इन्तेखाब आलम
जनकपुरधाम । संविधानको दिवसको अवसरमा संघिय सरकार तथा विभिन्न निकायहरुले कार्यक्रम  मनाई रहदा लोपसाले कालो दिवसको रुपमा मनाएको छ । अधुरो अपुरो संविधान स्वीकार्य हुदैन लगायतका नारा लगाउदै लोसपाले धनुषा, महोत्तरी,सर्लाही, रौतहट, वारा पर्सा सहितका जिल्लाहरुमा विरोधका कार्यक्रम गरेका छन् ।

यसैबीच, लोसपा धनुषाले जनकपुरस्थित पार्टी कार्यालयबाट विरोध जुलुस प्रदर्शन गर्दै जनक चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै लोसपाका नेता परमेशर साहले आफुहरुले उठाउदै आएको विषय संविधानमा संसोधन नभएर सम्म संविधान स्वीकार्य नहुने बताए । दर्जनौ व्यक्तिलाई सहिद बनाएर आएको संविधानलाई विना संसोधन स्वीर्काय गर्न नसकिने बताउदै पार्टीले मधेश प्रदेशका सबै जिल्लामा संविधान दिवसलाई कालो दिवसको रुपमा बनाउने निर्देशन आएको उनले बताए ।

संसदबाट पारित नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवि भण्डारीले २४ घण्टा भित्रमा परिमाणिकरण नगरे लोसपाले आन्दोलनमा जाने चेतावनि दिए । संसदबाट पारित भएको नागरिकता विद्येयकलाई प्रमाणिकरण नगरेर अंगकृत नागरिकका सन्तानहरुको भविष्यसँग लेखवाड गरिरहेको उनले आरोप लगाए । नागरिकता विद्येयक प्रमाणिकरण नभए असोज ५ देखि कडा आन्दोलन गरिने बताए ।

 

 

सम्बन्धित खबर