LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । विश्व आत्महत्या रोकथाम दिवस २०७९ को अवसरमा नाटकको माध्यमले आत्महत्या रोकथाम सम्बन्बिध जनचेतना फैलाउने बालकालाकारहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सम्मान गरेको छ ।मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँले मंगलवार कार्यालयमा आयोजित एक कार्यक्रम बीच ति बालकालाकारहरुलाई प्रशंसा पत्र वित्तरण गर्दै सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै डिआईजी खाँले स–साना विवाद तथा असंतुष्टी, रिस आवेगमा आएर आफ्ना जीवनलाई समाप्त गर्ने कार्य कायरतापुर्ण रहेकोले बताए । समस्या हरेक व्यक्तिको जीवनमा हुन्छ,डिआईजी खाँले भने,‘ तर समस्यालाई समाधान गर्ने बाटो तिर अगाडी बढ्नुपर्छ, आफुसँग समस्याको निदान नभएर अभिभावक, गुरुवर्ग, साथिहरुसँग सहयोग लिएर समाधान गर्न सकिन्छ । तर समास्याको समाधान नखोज्दै आवेग र झोकमा आत्महत्या गर्नु कुनै पनि हिसाबले उपयुक्त छैन ।’ कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धि जनचेतना मुलक नाटकमा विभिन्न भुमिका प्रदर्शन गरेका बालकालाकारहरुलाई डिआईजी खाँले प्रशंसा समेत गरे ।
कार्यक्रममा महिला तथा बालबालिका अधिकारकर्मी सुभद्रा आलेलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित खबर