LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । विश्व आत्महत्या रोकथाम दिवस २०७९ को अवसरमा नाटकको माध्यमले आत्महत्या रोकथाम सम्बन्बिध जनचेतना फैलाउने बालकालाकारहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सम्मान गरेको छ ।मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँले मंगलवार कार्यालयमा आयोजित एक कार्यक्रम बीच ति बालकालाकारहरुलाई प्रशंसा पत्र वित्तरण गर्दै सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै डिआईजी खाँले स–साना विवाद तथा असंतुष्टी, रिस आवेगमा आएर आफ्ना जीवनलाई समाप्त गर्ने कार्य कायरतापुर्ण रहेकोले बताए । समस्या हरेक व्यक्तिको जीवनमा हुन्छ,डिआईजी खाँले भने,‘ तर समस्यालाई समाधान गर्ने बाटो तिर अगाडी बढ्नुपर्छ, आफुसँग समस्याको निदान नभएर अभिभावक, गुरुवर्ग, साथिहरुसँग सहयोग लिएर समाधान गर्न सकिन्छ । तर समास्याको समाधान नखोज्दै आवेग र झोकमा आत्महत्या गर्नु कुनै पनि हिसाबले उपयुक्त छैन ।’ कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धि जनचेतना मुलक नाटकमा विभिन्न भुमिका प्रदर्शन गरेका बालकालाकारहरुलाई डिआईजी खाँले प्रशंसा समेत गरे ।
कार्यक्रममा महिला तथा बालबालिका अधिकारकर्मी सुभद्रा आलेलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित खबर