LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

मो.इन्तेखाब आलम
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयकलाई प्रमाणीकरण नगरे भन्दै लोसपा धनुषाका कार्यकर्ताहरुले पीरारी चौकमा एक घण्टा चक्का जाम गरेको छ । नागरिकता विद्येयक प्रमाणीकरण विषयलाई लिएर राष्ट्रपति विद्यदेवी भण्डारी विरुद्ध चर्को नाराबाजी गरदै लोसपाका कार्यकर्ताहरु पीरारी चौकमा चक्का जाम गरेको हो । लोसपा धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले भने मधेशी जनतालाई राज्यले विना आन्दोलन कुनै अधिकार कहिले नदिएको उनले बताए । राष्ट्रपतिले दुबै सदनबाट दुई पटक पारित विद्येयकलाई प्रमाणीकरण नगर्नु उनले संविधानबाट आफुले पाएको राष्ट्रपति पदको समेत दुरुपयोग गरेको उनले बताए । राष्ट्रपतिले उठाएको कदमलाई नसचयाए आफूहरु कडा भन्दा कडा आन्दोलमा जाने उनले बताए । राष्ट्रपतिको निर्णय असैवधानिक रहेकोले लोसपा यूवा नेता सुर्दशन सिहले बताए । राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै आफनो पद र मर्यादा भुलेको उनले बताए ।

सम्बन्धित खबर