LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । पुर्व राष्ट्रिपति डा.रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता सम्बन्धि विद्येयक प्रमाणिकरण नगरेर दोस्रो पटक संविधानको उल्लंघन गरेको आलोचना गरेका छन् । बुधावार जनकपुरधामसिथ्त सरस्वती नमुना माविको भवन शिलान्यास कार्यक्रमलाई सम्बोध गर्दै पुर्व राष्ट्रपति डा.यादवले यस्तो आरोप लगाएका हुन् ।

राष्ट्रपति भण्डारी ज्युले आज दोस्रो पटक संविधानको उल्लंघन गर्नुर्भको छ, पुर्व राष्ट्रपति डा. यादवले भने,‘ प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित गरेर दुई– दुई चोटी पठाएपनि ति संस्थाहरुको गरिमालाई ख्याल नै नगरि राष्ट्रिपति ज्युले विद्येयकलाई प्रमाणिकरण नगरि फिर्ता पठाएर संविधान विपरित काम गर्नुभयो, पहिलो पटक प्रतिनिधि सभा विघटन गरेर र आज फेरि नागरिकता सम्बन्धि विद्येयक प्रमाणिकरण नगरि फिर्ता गरेर ।’

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले एक पटक आफु कहाँ आएको विद्येयक प्रमाणिकरण नगरेर फिर्ता पठाउन सक्छन , तर दोस्रो पटक प्रतिनिधी र राष्ट्रिसभाबाट पास भएर आएका विद्येयक फिर्ता पठाउन सक्दैनन्, उहाँलाई संघिय गणतन्त्रिक व्यवस्था भएको मुलुक भारत, अमेरिका,युरोपेलि मुलुक सहितमा भएको व्यवस्थाहरु हेनुपर्ने थियो विज्ञहरुसँग सल्लाह लिनुपर्ने थियो । तर त्यसो नगरि संविधानलाई उलंघन गरि मुलुकलाई युद्ध तर्फ धकेल्नु भयो ।

’ एक अर्को प्रशंगमा, समाजले शिक्षा प्रति चासो नदेखाउदाँ तराई मधेश सामुदायिक विद्यालयको शिक्षा स्तर निकै कमजोर भएको पुर्व राष्ट्रपति डा.यादवले बताए । कार्यक्रममा पुर्व राष्ट्रपति डा. यादव र शहरी विकास मन्त्री मेनमणि चौधरीले १० करोडको लागतमा निर्माण हुने सरस्वति नमुना माविको भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । उक्त विद्यालयबाट राष्ट्रपति डा. रामवरण यादवले विद्यालय स्तरको शिक्षादिक्षा लिएका थिए ।

सम्बन्धित खबर