फाएजा फहमीदा
जनकपुरधाम । नागरिकता विद्येयक प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवि भण्डारीको मधेश प्रदेशमा पुतला दहन देखि राजिनामा सम्म माग माग उठन थालेको छ । म्धेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), डा.सिके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश पार्टी(तमलोपा) सहितले बुधवार मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रपति भण्डारीको विरुद्धमा विभिन्न विरोधका कार्यक्रम गरेका छन् ।
नागरिकता विद्येयक प्रमाणिकरण गरि राष्ट्रपति भण्डारीले संविधानको उलंघन गरेको भन्दै जनकपुरधामसहित मधेशका ८ वटै जिल्लामा पुतला दलहन तथा विरोधका कार्यक्रम गरिरहेका छन् । जसपाका नेता तथा कार्यकर्ताहरुले बुधवार दिउँसो ५ बजे स्थानीय जनक चोकमा जम्मा भई राष्ट्रपति भण्डारीको विरोध गर्दै पुतला दलहन गरेका छन् । पुतला दहनको क्रममा प्रहरी र जसपाका कार्यकर्ता बीच हात हल्ला समेत भएको थियो । त्यसैगरि, लोसपा धनुषाले राष्ट्रपति भण्डारीको विरुद्धका स्थानीय पिराडी चोकमा एक घण्टा यातायात अवरुद्ध गरेका छन् ।
जनमत पार्टीले पनि बुधवार विहान सिरहामा राष्ट्रपति भण्डारीको पुतला दहन गरेका छन् भने तमलोपाले पनि राष्ट्रपति भण्डारीको राजिनामाको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । अंङ्गिकृत नागरिकका सन्तानलाई नागरिकताबाट वंचित गर्ने उदेश्यले राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणिकरण गरेको तमलोपाका नेता मोहम्मद असगर अलीले आरोप लगाए । राष्ट्रपति भण्डारी संविधानको संरक्षक भएपनि पटक पटक संविधानलाई उलंघन गर्दै आएको बताउदै नेता अलीले भने,‘संविधानलाई अपमान गर्ने राष्ट्रपति भण्डारीलाई पदमा बसिरहन उपयुक्त नभएकोले राजिनामा दिनुपर्छ ।’
त्यसैगरि, नेपाली काँग्रेस महोत्तरीको भंगहा नगरपालिका नगर समितिले पनि राष्ट्रपति भण्डारीको कमदलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेका छन् । यता, विरंगजका पनि विरगंजको आदर्शस नगरस्थित जसपाका विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन, समाजवादी युवा संघले टायर बालेर राष्ट्रपति भण्डारीको कदमलाई विरोध गरेका छन् । काँग्रेस, माओवादी केन्द्रका युवा र विद्यार्थी संगठनहरुले पनि देशभरि विरोध प्रदर्शन गरेका छन् ।