LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । मधेश प्रदेशका निति तथा ओजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले तेस्रो चरणको वहुक्षेत्रिय पोषण योजनालाई प्रभावकारी बनाउन मधेशका दलित, मुस्लिम तथा समाजमा पछाडि परेका वर्गलाई प्राथमिकतामा राखेर योजनाहरु तर्जुमा गनुपर्नेमा जोड दिएका छन् ।
बुधवार राष्ट्रिय योजना आयोगको आयोजना तथा संघिय मामिला तथा सम्मानिय प्रशासन मन्त्रालयको सहजिकरण तथा मधेश प्रदेश निती तथा योजना आयोगको समन्वयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा.झाले यस्तो धारणा व्यक्त गरेका हुन् । मधेश प्रदेशका दलित र मुस्लिम सामुदायको जनसंख्या ३० प्रतिशतभन्दा बढी रहेको बताउदै उनले भने,‘प्रदेशका यति ठुलो जनसंख्या शिक्षा, स्वास्थ्य, आर्थिक, समाजिक रुपमा निकै पछाडि परेका छन्, यि सामुदायहरुको अवस्थामा सुधार आएन भने प्रदेशको जिडिपीका साथै मानव विकास सुचांकमा हरेक इन्किेटहरु पछाडी हुन्छ । त्यसकारण वहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन दलित, मुस्लिमसहितका सामुदायलाई ध्यानमा राखेर अगामी योजनाको तर्जुमा गर्नुपर्छ ।’
बाल मृत्युदरमा अन्य प्रदेश भन्दा मधेश प्रदेश राम्रो स्थानमा रहेपनि पोषण, शिक्षा, खानेपानि सरसफाई लगायतका विषयमा अन्य प्रदेशभन्दा अवस्था निकै कमजोर रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका लक्ष्मी घिमिरेले पोषण सम्बन्धि अगामी कार्यक्रम नेपालका सबै जिल्लामा पुर्ण ज्याकेजमा चलाउने गरि तयारी भईरहेको बताईन ।
पहिलो चरणमा नेपालका ३० वटा जिल्लामा, दोस्रो चरणमा ३५ वटा जिल्लामा पुर्ण प्याकेजमा र बाँकी जिल्लाहरुमा आनशिक रुपमा संचालन भईरहेको उनले बताईन । उनले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार र स्थानीय तहहरुले पनि अगाडी आउनु पर्ने बताईन ।

सम्बन्धित खबर