LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढेको हो । बितेको भदौ महिनामा ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । त्यसको झण्डै आधा हिस्सा मलेसियाले नै ओगटेको छ । महामारीका कारण लामो समय बन्द रहेको मलेसियको रोजगारी खुलेसँगै त्यहाँबाट डिमान्ड ह्वात्तै बढेको हो ।

यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा दोब्बर हुन थालेको हो । भदौ महिनाको तथ्यांक अनुसार ५० हजार ५० जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदशे पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हो ।

वैदेशिक रोजगार विभागका अनुसार भदौमा विदेशिने संख्या साउनको तुलनामा उच्च रहेको हो । साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए । भदौ महिनामा ५७ हजार ६९३ जना श्रमिकले नयाँ श्रम भिसा संस्थागत तथा व्यक्तगत मा विदेश जाने अवसर पाएका छन् । साउनमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ४२ हजार ७२९ थिए ।

असार महिनामा कुल ६२ हजार ८५३ जना नेपाली विदेशमा रोजगारीका लागि गएका थिए । यसमध्ये नयाँ श्रम स्वीकति लिएर जानेको संख्या ३९ हजार ७४२ जना रहेको थियो । भदौमा औसत २ हजार ४६१ जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौ महिनामा मलेसियामा मात्रै ३५ हजार ३७२ जना श्रमिक कामका लागि गाएका छन् । त्यसमध्ये ३३ हजार २० जना नेपाली श्रमिकले नयाँ श्रम भिसामा मलेसिया पुगेको हो। भदौमा कतारमा ११ हजार ७७५, यूएईमा ८ हजार ३६५, साउदीमा ६ हजार ७८४, कुवेतमा ५ हजार ३९ र कोरियामा १ हजार ७१५ जना नेपाली श्रमिक पुगेका छन् ।

सम्बन्धित खबर