LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढेको हो । बितेको भदौ महिनामा ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । त्यसको झण्डै आधा हिस्सा मलेसियाले नै ओगटेको छ । महामारीका कारण लामो समय बन्द रहेको मलेसियको रोजगारी खुलेसँगै त्यहाँबाट डिमान्ड ह्वात्तै बढेको हो ।

यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा दोब्बर हुन थालेको हो । भदौ महिनाको तथ्यांक अनुसार ५० हजार ५० जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदशे पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हो ।

वैदेशिक रोजगार विभागका अनुसार भदौमा विदेशिने संख्या साउनको तुलनामा उच्च रहेको हो । साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए । भदौ महिनामा ५७ हजार ६९३ जना श्रमिकले नयाँ श्रम भिसा संस्थागत तथा व्यक्तगत मा विदेश जाने अवसर पाएका छन् । साउनमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ४२ हजार ७२९ थिए ।

असार महिनामा कुल ६२ हजार ८५३ जना नेपाली विदेशमा रोजगारीका लागि गएका थिए । यसमध्ये नयाँ श्रम स्वीकति लिएर जानेको संख्या ३९ हजार ७४२ जना रहेको थियो । भदौमा औसत २ हजार ४६१ जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौ महिनामा मलेसियामा मात्रै ३५ हजार ३७२ जना श्रमिक कामका लागि गाएका छन् । त्यसमध्ये ३३ हजार २० जना नेपाली श्रमिकले नयाँ श्रम भिसामा मलेसिया पुगेको हो। भदौमा कतारमा ११ हजार ७७५, यूएईमा ८ हजार ३६५, साउदीमा ६ हजार ७८४, कुवेतमा ५ हजार ३९ र कोरियामा १ हजार ७१५ जना नेपाली श्रमिक पुगेका छन् ।

सम्बन्धित खबर