LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं, ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेल गर्ने प्रयास गरेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको लोसपाले एमालेसँगै चुनावी तालमेल गर्ने प्रयास गरेको छ। नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने लोसपाका नेताहरूले तर्क गरेका छन्।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरेका छन।महतोले भने, ‘हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन्। यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो ।’ यो प्रकरण चुनावसँग नजोडिने र आफुहरु सबैसँग तालमलेका लागि खुला रहेको बताए ।

उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने समेत भने। सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको उनले बताए। लोसपाका कार्यकारिणी सदस्यल केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए ।एमालेसँगनै आफूहरूले चुनावी तालमेल हुने र यसका लागि प्रयास भइरहेको उनले बताए।

सम्बन्धित खबर