LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं, ।लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेल गर्ने प्रयास गरेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको लोसपाले एमालेसँगै चुनावी तालमेल गर्ने प्रयास गरेको छ। नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने लोसपाका नेताहरूले तर्क गरेका छन्।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरेका छन।महतोले भने, ‘हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन्। यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो ।’ यो प्रकरण चुनावसँग नजोडिने र आफुहरु सबैसँग तालमलेका लागि खुला रहेको बताए ।

उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने समेत भने। सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको उनले बताए। लोसपाका कार्यकारिणी सदस्यल केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए ।एमालेसँगनै आफूहरूले चुनावी तालमेल हुने र यसका लागि प्रयास भइरहेको उनले बताए।

सम्बन्धित खबर