LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

फाएजा फहमीदा
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले चुनावको मुखमा सरकारले अनावश्यक रुपमा प्रहरी प्रशासन सरुवा गरेर चुनावमा धाँधली गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।
धनुषाको विदेह नगरपालिकाको तिनकोरिया चोकमा पार्टी शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । आफ्नो नेतृत्वको सरकारले ल्याएको नागरिकता सम्बन्धि आदेशलाई सत्तारुढ दलकै नेताहरुले अदालतमा मुद्दा दायर गर्न लगाएर खारेज गराएको दावि गर्दै अध्यक्ष ओलीले भने,‘ नागरिकता सम्बन्धी विद्येयकमा राष्ट्रपति ज्युले ध्यानकर्षण गर्दा सत्तारुढ दलहरुले कुनै चासो देखाएनन् । अहिले असंवैधानिक र अलोकतान्त्रिक काम भयो भनेर देशलाई गृहद्ध र द्वन्द्वमा फसाउने काम गरिदै छ ।’
अध्यक्ष ओलीले अगामी निर्वाचनबाट आफ्नो पार्टीको नेतृत्वको सरकार बनेपछि एक वर्ष भित्रमा नागरिकता समस्या र सुकुम्वासी समस्या समाधान गरिने दावि गरे । मेरो नेतृत्वकै सरकारको पहलकमदीले जयनगर जनकपुर रेल संचालन भएको दावि गर्दै अध्यक्ष ओलीले भने,‘हामिले जनकपुर जयनगर रेल ल्याएयौ र आज त्यही रेल चढेरमा यहाँ तपाईहरु समक्ष पुगेका छौ । हामी काममा विश्वास गर्छौ, गफ दिएर जनतालाई ठग्ने काम हाम्रो हुदैन ।’
एमालेमा एक से एक विकास प्रेमी नेताहरु रहेको बताउदै अध्यक्ष ओलीले भने,‘अरुले गफ दिन्छ होला तर हामीले काम गरेर देखाएका छौ, हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं, जनकपुरमा सघन सहरी विकास कार्यक्रम ल्याएर जनकपुरमा ढलको विकास गरेका छौ ।’
आफ्नो नेतृत्वको सरकारले गरेको विकासलाई देखेर देशभरि एमालेमा जनलहर आएको अध्यक्ष ओलीको भनाई थियो ।
यसैबीच,जनकपुरमा चेल चढेर मैनाधपुर स्टेशनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रममा स्थलमा पुग्नु अघि अध्यक्ष ओलीले जेल जीवनमा सगै बसेका धनुषा शहिदनगर नगरपालिका–६ हरवाराका मुर्बल भन्निे रामनारायण मण्डलको घरमा पुगेका थिए । त्यहाँ अध्यक्ष ओलीले चिया पनि खाएका थिए । मुर्बलको निधन भईसकेको छ ।


मुर्बलका छोरा अपराजित मण्डल स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीको टिकटमा सो वडाका वडाध्यक्षमा चुनाव लडेर पराजित भएका हुन् । अध्यक्ष ओलीले मण्डललाई फुलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए ।
यता, काठमाण्डौबाट हवाईजहाजमा जनकपुर आएका अध्यक्ष ओली जयनगर जनकपुर रेल चढेर पार्टी प्रवेश कार्यक्रममा पुगेका थिए । रेलमा उनीसँग एमालेका सचिव रघुविर महासेठ, एमाले नेतृ जुली महतोसहितका रहेका थिए । रेलमा चढ्न ओलीले स्वय्म टिकट खरिदेका थिए ।


उनी रेलमै चढेर कार्यक्रममा जने भएपछि शनिवार रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो गरि जनकपुरबाट जयनगरको लागि प्रथान गरेका थिए । जनकपुरबाट ११ बजे जयनगरको लागि प्रथान गर्ने रेल शनिवार १२ बजेर ४ मिनेटमा मात्रै प्रसथान गरेका थिए ।
यसैबीच, शनिवार एक कार्यक्रम बीच, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रमुख सचेतक उमाशंकर अरगडिया एमालेमा प्रवेश गरेका छन् । उनीसँगै लोसपाका विदेह नगरपालिकामा नगर कमिटका सदस्य समेत एमालेका प्रवेश गरेका छन् ।

 

सम्बन्धित खबर