LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । हेटौंडा ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको छ । आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी गराए। आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको हो । डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले भने ।

‘आगलागी भएपछि काठमाडौंमा एक प्राविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ’ उनले भने, ‘क्षतिको पूरा विवरण आएको छैन ।’आगलागीका कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने उनले भने । ‘धेरै सेवा र सूचनाको ब्याकअप सिंहदरबारमै छ’ उनले भने, ‘प्रदेशका कतिपय सेवमा त्यसले असर पार्न सक्छ ।’उनले यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पड्किएरै यस्तो घटना भएको बताए । ‘ठूलो क्षति नभएको आकलन गरेका छौं’, उनले बताए ।

सम्बन्धित खबर