LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । हेटौंडा ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको छ । आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी गराए। आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको हो । डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले भने ।

‘आगलागी भएपछि काठमाडौंमा एक प्राविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ’ उनले भने, ‘क्षतिको पूरा विवरण आएको छैन ।’आगलागीका कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने उनले भने । ‘धेरै सेवा र सूचनाको ब्याकअप सिंहदरबारमै छ’ उनले भने, ‘प्रदेशका कतिपय सेवमा त्यसले असर पार्न सक्छ ।’उनले यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पड्किएरै यस्तो घटना भएको बताए । ‘ठूलो क्षति नभएको आकलन गरेका छौं’, उनले बताए ।

सम्बन्धित खबर