LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, असोज १० गते । नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी छाडेका हुन । जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेको छ । एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेको आफू पार्टी परित्याग गरेको उनले भने । गंगाराम धनुषा क्षेत्र नं। २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छ । २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय एमालेबाट प्रतनिनिधिसभा सदस्य उम्मेदवारका आकंक्षी उनी थिए ।तर एमालेले धनुषा क्षेत्र नं। २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट बनेका छन् ।जसपाले धनुषा क्षेत्र नं २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको श्रोतले जनाएको छ ।

सम्बन्धित खबर