LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम,असोज १०गते। दशैको अवसर प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने सास्ता बजार आज देखि सुरु भएको छ । जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा लाग्ने दशै सास्ता बजारको सोमवार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । स्थानीय गोपालधर्मशालामा लागेको उक्त बजारको जनकपुरधामका मेयर मनोज कुमार साहले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधनगर्दै मेयर साहले सास्ताबजारमा छुटमा समानहरुलाई पाउने गरेकाले यस क्षेत्रको उपभोतmाको लागि राहतभएको बताए ।

दशै सास्ता बजारमा यस वर्ष स्थानीय उद्योगि, व्यवसायी तथा जिल्लामा हुने उत्पादनलाई प्राथमिकता दिईएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । दशै तथा चाडपर्वलाई लक्ष्ति गरि जनकपुर उद्योग वाणिज्य संघले आयोजनासो बजारमा दैनिक उपभोग्य समाग्री देखि जुता चप्पल, इलोक्ट्रोनिकस समानहरु उपब्लध रहेको उनले बताए । अन्य स्थान भन्दा दशै सास्ता बजार सस्तोमा समान पाइने भएकोले उपभोक्ताहरुको भिड लाग्ने गरेको छ । सास्ता बजारमा धनुषा, महोत्तरी, सिरहातथा सर्लाही सम्मका उपभोक्ता समान खरिद गर्न सास्ता बजार आउने गरेको उनले बताए ।

छैठ सम्म सञ्चालन लाग्ने दशै सास्ता बजारमा साबुन, कपडा धुने सर्प अगरबत्ति, पलास्टिकका भडावर्तन, च्याउच्याउ, सहितका समानहरु उपलब्ध हुने उनले बताए । यस वर्ष साल्ट ट्रेडिङ्ग लाई चिनि, नुन सहितका समानहरु आपुर्ति गर्न माग गरिए पनि साल्ट ट्रेडिङ्गले नुनमात्रै आपुर्ति गर्ने आवश्वासन दिएको अध्यक्ष महासेठले जानकारी दिए । बजार उद्घाटन कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलसहितको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर