LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम,असोज १०गते। दशैको अवसर प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने सास्ता बजार आज देखि सुरु भएको छ । जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा लाग्ने दशै सास्ता बजारको सोमवार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । स्थानीय गोपालधर्मशालामा लागेको उक्त बजारको जनकपुरधामका मेयर मनोज कुमार साहले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधनगर्दै मेयर साहले सास्ताबजारमा छुटमा समानहरुलाई पाउने गरेकाले यस क्षेत्रको उपभोतmाको लागि राहतभएको बताए ।

दशै सास्ता बजारमा यस वर्ष स्थानीय उद्योगि, व्यवसायी तथा जिल्लामा हुने उत्पादनलाई प्राथमिकता दिईएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । दशै तथा चाडपर्वलाई लक्ष्ति गरि जनकपुर उद्योग वाणिज्य संघले आयोजनासो बजारमा दैनिक उपभोग्य समाग्री देखि जुता चप्पल, इलोक्ट्रोनिकस समानहरु उपब्लध रहेको उनले बताए । अन्य स्थान भन्दा दशै सास्ता बजार सस्तोमा समान पाइने भएकोले उपभोक्ताहरुको भिड लाग्ने गरेको छ । सास्ता बजारमा धनुषा, महोत्तरी, सिरहातथा सर्लाही सम्मका उपभोक्ता समान खरिद गर्न सास्ता बजार आउने गरेको उनले बताए ।

छैठ सम्म सञ्चालन लाग्ने दशै सास्ता बजारमा साबुन, कपडा धुने सर्प अगरबत्ति, पलास्टिकका भडावर्तन, च्याउच्याउ, सहितका समानहरु उपलब्ध हुने उनले बताए । यस वर्ष साल्ट ट्रेडिङ्ग लाई चिनि, नुन सहितका समानहरु आपुर्ति गर्न माग गरिए पनि साल्ट ट्रेडिङ्गले नुनमात्रै आपुर्ति गर्ने आवश्वासन दिएको अध्यक्ष महासेठले जानकारी दिए । बजार उद्घाटन कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलसहितको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर