मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम गोपाल धर्मशालामा लागने गरेको सस्ता बजारमा प्रत्येक वर्ष जस्तै यसपालि पनि हिन्दु मुस्लिम समुदायका महिलाहरुले घरमा दैनिक रुपमा प्रयोग हुने सरसमान खरिद गर्न निमित व्यस्त देखिएकी छिन । हिन्दुधर्मालम्बीहरुको महान चाड दशैमा प्रत्येक साल लाग्ने गरेको सस्ता बजारमा हिन्दु मुस्लिम समुदायका महिलाहरुको भीडभाड गत वर्षको तुलनामा यसपालि बढी रहेको जनकपुरधाम २५ लोहना निवासी किशोरी साहले बताए ।
करोना महामारीका कारण गत वर्ष सस्ता बजार औपचारिक रुपमा मात्र संचाल भएको उनले बताए । दशै, तिहार र छठ पर्वहरुमा सर्वसधारणलाई बढी खर्च हुन्छ उनले भने । तर सहज मुल्यमा सरसमान खरिद गर्न निमित तिनै तहका सरकारले विशेष योजना मार्फत पर्वहरुमा सरसमानको मुल्य सरकारी हेल्थ पोष्टमा पाउने सरकारी औषधी जस्तै पर्व भरिका लागी विशेष छुट गराएको भए यसपालिको दशै, तिहार र छठ सबैले रमाएर मनाउँथे होला उनले आफनो धारणा राखे ।
जनकपुरधाममा लाग्ने सस्ता बजारमा हामी घरमा प्रयोग हुने सरसमान किन्न याहा आए, तर समान खरिद गरेको वापत मुल्यमा केही फर्क नदेखिएको मोहत्तरी डेकहा निवासी शशिकला देवीले बताईन । सस्ता बजारको पसलमा २ चार वटा समान खरिद गर्दा केही छुट नरहेको पसलेहरु बताउँछ । काटुन वा पसलेहरुको स्कीम अनुसार समान लिए तब छुट हुन्छ , हामी गरिब कहाँ त्यती पैसा छैन, काहाँ बाट लिने उनले बताईन ।
तिनै तहका सरकारले बजेटमा विभिन्न किसमका योजनाहरु राखेका हुन्छ तर जनतालाई चाड पर्वमा धेरै खर्च हुन्छ ,नेपालका अधिकांश जनता गरिब छन, उनीहरु दशै कसरी मनाउँला यी भैइपरि योजनाहरु कहिले सदुपयोग होला जनकपुर २२ बसपीट्टी निवासी राजेन्द्र यादवले बताए ।दशै तथा चाडपर्वलाई लक्ष्ति गरि बजारमा दैनिक उपभोग्य समाग्री देखि जुता चप्पल, इलोक्ट्रोनिकस समानहरु उपब्लध रहेको सस्ता बजारमा संचालन गरेको पसले मकेश यादवले बताए ।
अन्य स्थान भन्दा दशै सास्ता बजार सस्तोमा समान पाइने भएकोले उपभोक्ताहरुको भिड लाग्ने गरेको उनले बताए । सास्ता बजारमा धनुषा, महोत्तरी, सिरहातथा सर्लाही सम्मका उपभोक्ता समान खरिद गर्न सास्ता बजार आउने गरेको उनले बताए ।छैठ सम्म सञ्चालन लाग्ने दशै सास्ता बजारमा साबुन, कपडा धुने सर्प अगरबत्ति, पलास्टिकका भडावर्तन, च्याउच्याउ, सहितका समानहरु उपलब्ध हुने उनले बताए । सस्ता बजारमा विशेश गरि महिलाहरुको भीडभाड रहेको यादवले बताए ।
उपभोक्ताले समानको काटुन वा स्कीम अनुसारका समान खरिद गर्दा २५ देखि बढीमा ५० रुपैैया छुट दिने गरेको यादवले बताए । सस्ता बजारमा यसपालि पसलेहरु कतिको सरसमान बेचला प्रश्न गर्दा उनले भने लाख वा करोड अहिले प्रस्ट भन्न सकिन्न यसको सही उत्तर जनकपुरधाम उधोग बानिजय संघले देला उनले बताए ।यस वर्ष साल्ट ट्रेडिङ्ग लाई चिनि, नुन सहितका समानहरु आपुर्ति गर्न माग गरिए पनि साल्ट ट्रेडिङ्गले नुनमात्रै आपुर्ति गर्ने भएको छ ।