LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

फाएजा फहमीदा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो आफ्ना पुरानै निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएको छ ।धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट वरिष्ठ नेता महतो चुनाव लड्ने तयारी गरेपनि एमालेसँगको चुनावी सहकार्य पश्चात उनी आफ्ना पुरानै क्षेत्रबाट उम्मेदवारी दिने निश्चत भएको लोसपाका एक नेताले बताए । एमाले नेतृ जुली महतोले धनुषा क्षेत्र नम्बर ३ नछोडने अगाड लिएपछि महतो सर्लाहीबाट चुनाव लडने महतो निकट एक नेताले बताए ।
जुली जी क्षेत्र नछोडने अडिग कसेकी छिन्, उहाँ अहिले देखि नै घरदैलो पनि गरिरहेकी छिन्, उनले भने,‘ पार्टी उहाँलाई धेरै सम्झाउने प्रयास पनि गरेको हो तर पनि उहाँ ब्याक हुने अवस्थामा छैन ।

 

त्यसकारण महतो जि सर्लाहीबाटै चुनाव लड्ने तयारी गर्दै हुनुन्छ ।’सर्लाही क्षेत्र २ बाट महतोको भिडन्त आफ्नै पुर्व सहकर्मी तत्कालिन राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवसँग हुने छ । पुर्व मन्त्री समेत रहेका यादव अहिले डा.बाबुराम नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हुन । नेपाल समाजवादी पार्टी सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रबाट चुनावी सहकार्य गरेको छ । माओवादीले आफ्नो कोटाका दुई वटा सिट नेपाल समाजवादी पार्टीलाई दिने सुनिश्चत गरेपनि यादव सत्तारुढ गठबन्धन दलबाट सो क्षेत्रमा उम्मेदवारी दिने तय भएको छ ।

सो क्षेत्रबाट यादव ४ पटक चुनाव जितेका छन् भने राजेन्द्र महतो एक पटक मात्रै चुनाव जितेका हुन भने एक पटक पराजित भएका थिए । त्यसपछि महतो धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए ।२०७४ सालको निर्वाचनमा एमाले नेतृ जुली महतोले राजेन्द्र महतोलाई अन्तरिक सहयोग गरेकी थिईन् ।
यस्तो छ एमाले र लोसपाका बीच सिट भागबण्डा
एमाले र लोसपाबीच चुनावी गठबन्धनको तयारी अन्तिम चरण्मा पुगेको छ । लोसपाले प्रतिनिधी सभाको २१ र प्रदेश सभाको ३८ सिट माग गरेका थिए । तर एमालेले प्रतिनिधी सभाको १० र प्रदेश सभाको २८ सिट दिने सक्ने मनसाय व्यक्त गरेको छ । लोसपा श्रोतका अनुसार एमालेको प्रस्तावमा लोसपाका शिर्ष नेताहरु करिव करिव सहमत भईसकेका छन् ।

 

सम्बन्धित खबर