LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम ।
धनुषामा एक काकाले आफ्नै ५ वर्षिय भतिजालाई फलामे ढण्डी प्रहार गरि हत्या गरेका छन् ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ कुचाइ बस्ने २८ वर्षिय रवि पासवानले आफ्नै भतिजो अनुप पासवानलाई रड प्रहार गरि हत्या गरेका हुन् । आईतवार दिउँसो करिव ४ बजेको समयमा घर नजिकै खेलिरहेका अनुपालाई रविले टाउँकोमा रड प्रहार गरि गम्भिर घाईते बनाएका थिए । पछि अनुपालाई उपचारको लागि स्थानीय महेन्द्र हेल्थ केयर अस्पताल लैजादा चिकित्सकले उनलाई मृत घोषणा गरेको मृतका बुवा किसन पासवानले बताए । मृतक अनुपको शवलाई पोस्टमाटको लागि जनकपुरस्थित प्रदेशिक अस्पतालमा राखिएको छ ।
यता, खबरको जानकारि पाएलगतै हत्यामा संलग्न रहेको भन्दै रवि पासवानलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता दिपक क्षेत्रिले जानकारी दिए । घटनाका कारण वारे अहिले सम्म केहि नखुलेको र घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

 

सम्बन्धित खबर