LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम ।
धनुषामा एक काकाले आफ्नै ५ वर्षिय भतिजालाई फलामे ढण्डी प्रहार गरि हत्या गरेका छन् ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ कुचाइ बस्ने २८ वर्षिय रवि पासवानले आफ्नै भतिजो अनुप पासवानलाई रड प्रहार गरि हत्या गरेका हुन् । आईतवार दिउँसो करिव ४ बजेको समयमा घर नजिकै खेलिरहेका अनुपालाई रविले टाउँकोमा रड प्रहार गरि गम्भिर घाईते बनाएका थिए । पछि अनुपालाई उपचारको लागि स्थानीय महेन्द्र हेल्थ केयर अस्पताल लैजादा चिकित्सकले उनलाई मृत घोषणा गरेको मृतका बुवा किसन पासवानले बताए । मृतक अनुपको शवलाई पोस्टमाटको लागि जनकपुरस्थित प्रदेशिक अस्पतालमा राखिएको छ ।
यता, खबरको जानकारि पाएलगतै हत्यामा संलग्न रहेको भन्दै रवि पासवानलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता दिपक क्षेत्रिले जानकारी दिए । घटनाका कारण वारे अहिले सम्म केहि नखुलेको र घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

 

सम्बन्धित खबर