फाएजा फहमीद
जनकपुरधाम । निर्वाचन अचारसहिंनता र पत्रकारहरुले निर्वाह गर्नुपर्ने भुमिका बारे एक कार्यक्रम विच मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पंन्तले बताएका छन । पत्रकारहरुले कुनै पार्टी विशेषलाई ध्यानमा राखी समाचार नलेखन सबैलाई आग्रह गरेका छन । कनाडा फन्ड फोर लोकल इनिसेक्टीभको सहयोगमा मिडिया एक्सनले शुक्रवार जनकपुरमा आयोजना गरेको निर्वाचनको निश्पक्ष रिपोटिङ्ग सम्बन्धी मधेश प्रदेश स्तरिय मिडया सचेत कार्यशाला गोष्ठीमा यसो उनले भनेको हो ।
जनता समक्ष सत्य समाचार पुरयाउन निमित कसैको दबाबमा नआई सही समाचार लेखनु पत्रकारहरुको राष्ट्रिय जिम्मेवारी रहेको मिडिया एक्शनका अध्यक्ष लक्ष्मण दत्त पंन्तले बताएका छन । निर्वाचन भरि पत्रकारहरु आफु पनि निर्वाचन अचारसहिनताको पालना गरि विभिन्न दलका नेता तथा कार्यकर्ताहरु वा अन्य कुनै व्यक्तीले निर्वाचन अचारसहिनताको उल्घन गरे भने पत्रकारहरुले आफनो कलम चलाउनमा समय खेर नगरी सत्य समाचार जनता समक्ष पुरयाउँनु पत्रकारहरुको जिम्मेवारी रहेको उनको भनाई थियो ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पत्रकारहरुको भुमिका तथा समाचार लेखनका लागि चाहिने स्रोत साधनलाई ध्यानमा राखी निश्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको मिडिया एक्सनका अध्यक्ष लक्ष्मण दत्त पंन्तले बताएका छन । मतदान स्थलमा अपाङता, बृद्ध,वृद्या भएको व्यक्तीको अधिकार र त्यसका निमित बनेका मानवाअधिकारका कानुनको पालना भईरहेको छैन,भने पत्रकारहरुले यसबारे समाचार लेखी जनता समक्ष पुरयाउनु पत्रकारहरुको दायित्व रहेको मिडिया एक्सनका प्रशिक्षक तथा मानवाअधिकार विज्ञ श्री अधिकारीले बताए ।
मतदान स्थलमा मानावाअधिकार विरुद्ध कसैले डरत्रासको माहौल श्रीजना देखाएमा वा मतदातालाई कसैले भई देखाएर उनको मतदाता अधिकार खोसेको देखिएको पाइएमा पत्रकारहरुले यस्ता मानवाअधिकारका घटनालाई जनता समक्ष ल्याउन जरुरी रहेको उनले बताए । निर्वाचनमा विभिन्न दलका पार्टी प्रतिनिधिहरुले एक अर्का विरुद्ध खराब शब्द प्रयोग गरेको पाइएमा वा निर्वाचन अचारसहिनताको उल्घन देखिएको पाईएमा पत्रकारहरुले समाचार लेखदा कसैले खराब शब्द प्रयोग गरेको त्यस्तो शब्दलाई पत्रकारहरुले त्यो शैलीमा होईन पत्रकारको शैली लेख्नुपर्ने मिडिया एक्सन उपाध्यक्ष प्रियंका झाले बताईन् । निर्वाचनमा नेता तथा कार्यकर्ताहरुले मतदालाई पैसा वा अन्य लोभलालचमा पारि निर्वाचान अचारसहिनता विरुद्ध कुनै कार्य भइरहेको देखिएको छ,भने पत्रकारहरु यसबारे सत्य कुरा जनता समक्ष ल्याउन आजको आवश्यकता रहेको उनले बताईन् ।