LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । दशैंका लागि काठमाडौंको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भने, ‘हचुवामा किनेर ल्यायौं । हचुवामा बेच्छौं ।’ साथीहरुसँग मिलेर धादिङलगायतका ठाउँबाट ५ सय खसी–बोका काठमाडौं बेच्न ल्याएको थिए, । ती मध्ये धेरै बिक्री भइसकेका छन् । बाँकी रहेका बिक्री गर्दैछन् उनी । मोलमोलाई गर्दै उनले भने, ‘लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ ।’ग्राहकको जवाफ आयो, ‘३० हजार’। पोख्रेलले नजिकै रहेका एक ग्राहकलाई देखाउँदै भने, ‘३२ हजार दिने उहाँले दिइसक्नु भएको छ । यसको अन्तिम दाम नै ३५ हजार हो ।

’यो मोलतोलबिच अर्को ग्राहक थपिए । नयाँ ग्राहकलाई पाख्रेलले खसीको मूल्य ३६ हजार रुपैयाँ भने । एकाएक खसीको भाउ बढेपछि वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए । पोखरेलले हाँसिरहेकाहरुलाई जवाफ फर्काए, ‘इच्छा भए लाने हो, जबर्जस्ती कसले गर्छ र ?यी संवाद र बजारको अवस्था आजको हो । महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो । बालाजु बाईपासमा आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए ।

यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो । जवाफमा व्यापारीहरुले, एउटा–दुईटा खसी बोका बेचेर दशैं मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए ।यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको हो । पशु स्वास्थ्य विभागकाअनुसार हिजो यस नाकाबाट २०३ वटा बोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएको थियो ।

महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमका अनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन् । निरोगी खसी–बोकाका सिङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गरिएको छ । यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिह्न लगाइएको हो ।कलंकी खसी बजार विस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस वर्ष त्यस क्षेत्रबाट बिक्री गरिएका खसीबोकाको महानगरले परीक्षण गरेन ।

सम्बन्धित खबर