LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

काठमाडौं । दशैंका लागि काठमाडौंको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भने, ‘हचुवामा किनेर ल्यायौं । हचुवामा बेच्छौं ।’ साथीहरुसँग मिलेर धादिङलगायतका ठाउँबाट ५ सय खसी–बोका काठमाडौं बेच्न ल्याएको थिए, । ती मध्ये धेरै बिक्री भइसकेका छन् । बाँकी रहेका बिक्री गर्दैछन् उनी । मोलमोलाई गर्दै उनले भने, ‘लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ ।’ग्राहकको जवाफ आयो, ‘३० हजार’। पोख्रेलले नजिकै रहेका एक ग्राहकलाई देखाउँदै भने, ‘३२ हजार दिने उहाँले दिइसक्नु भएको छ । यसको अन्तिम दाम नै ३५ हजार हो ।

’यो मोलतोलबिच अर्को ग्राहक थपिए । नयाँ ग्राहकलाई पाख्रेलले खसीको मूल्य ३६ हजार रुपैयाँ भने । एकाएक खसीको भाउ बढेपछि वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए । पोखरेलले हाँसिरहेकाहरुलाई जवाफ फर्काए, ‘इच्छा भए लाने हो, जबर्जस्ती कसले गर्छ र ?यी संवाद र बजारको अवस्था आजको हो । महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो । बालाजु बाईपासमा आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए ।

यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो । जवाफमा व्यापारीहरुले, एउटा–दुईटा खसी बोका बेचेर दशैं मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए ।यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको हो । पशु स्वास्थ्य विभागकाअनुसार हिजो यस नाकाबाट २०३ वटा बोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएको थियो ।

महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमका अनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन् । निरोगी खसी–बोकाका सिङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गरिएको छ । यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिह्न लगाइएको हो ।कलंकी खसी बजार विस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस वर्ष त्यस क्षेत्रबाट बिक्री गरिएका खसीबोकाको महानगरले परीक्षण गरेन ।

सम्बन्धित खबर