LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकामा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन वडाध्यक्ष आफैं डोजर लिएर पुगेका हुन ।पहिरोले राजमार्ग अवरुद्ध भएपछि गजुरी गाउँपालिका वडा नं ६ का अध्यक्ष भक्तबहादुर तामाङ आफैंले डोजर चलाएर सडक खुलाएका हुन ।डोजर चालकहरू दशैं मनाउन गाउँ गएकाले आफैं डोजर चलाउन कस्सिएको वडाध्यक्ष तामाङले बताए । उनले भने, ‘माथिबाट लेदो बगेर आएपछि पृथ्वी राजमार्ग अवरुद्ध भयो ।

डोजर अपरेटरहरू सबैजना दशैं मनाउन गएकाले म आफैं डोजर लिएर बाटो खुलाउन गएको हुँ ।’गजुरी गाउँपालिका वडा नं ६ को जर्खेतमा पर्ने पृथ्वी राजमार्गको करिब १५ मिटर सडकखण्ड पहिरोले अवरुद्ध भएको थियो । पहिरो हटाएपछि राजमार्ग संचालन भएको वडा अध्यक्ष तामाङले भने ।माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका तामाङ वडाध्यक्ष निर्वाचित हुनुअघि पनि डोजर चलाउँथे । यो डोजर वडाध्यक्ष तामाङकै हो । गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष डा। सीता ढुंगानाका अनुसार संकटमा जनप्रतिनिधि आफैं खटिएर काम गर्ने अभ्यासले नागरिकको हौसला बढ्छ ।

सम्बन्धित खबर