LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकामा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन वडाध्यक्ष आफैं डोजर लिएर पुगेका हुन ।पहिरोले राजमार्ग अवरुद्ध भएपछि गजुरी गाउँपालिका वडा नं ६ का अध्यक्ष भक्तबहादुर तामाङ आफैंले डोजर चलाएर सडक खुलाएका हुन ।डोजर चालकहरू दशैं मनाउन गाउँ गएकाले आफैं डोजर चलाउन कस्सिएको वडाध्यक्ष तामाङले बताए । उनले भने, ‘माथिबाट लेदो बगेर आएपछि पृथ्वी राजमार्ग अवरुद्ध भयो ।

डोजर अपरेटरहरू सबैजना दशैं मनाउन गएकाले म आफैं डोजर लिएर बाटो खुलाउन गएको हुँ ।’गजुरी गाउँपालिका वडा नं ६ को जर्खेतमा पर्ने पृथ्वी राजमार्गको करिब १५ मिटर सडकखण्ड पहिरोले अवरुद्ध भएको थियो । पहिरो हटाएपछि राजमार्ग संचालन भएको वडा अध्यक्ष तामाङले भने ।माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका तामाङ वडाध्यक्ष निर्वाचित हुनुअघि पनि डोजर चलाउँथे । यो डोजर वडाध्यक्ष तामाङकै हो । गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष डा। सीता ढुंगानाका अनुसार संकटमा जनप्रतिनिधि आफैं खटिएर काम गर्ने अभ्यासले नागरिकको हौसला बढ्छ ।

सम्बन्धित खबर