LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन । दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान काठमाडौं ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको छ । कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले हत्कडी लगाएको हो । हतकडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको हो ।सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग सम्बोधन भएनन् । विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने छ ।

सम्बन्धित खबर