LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि जनकपुरधाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवार जिल्ला अदालत धनुषाका मुख्य न्यायधिश तथा मुख्यनिर्वाचनअधिकृत व्रजेश प्याकुरेले जनकपुरधाम स्थित महेन्द्रनारयण निधी प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् । २०७४ सालको निर्वाचनमा जनकपुरधाममै जिल्लाका ४ वटै निर्वाचन क्षेत्रको निर्वाचन सम्बन्धी कार्य एउटै कार्यालयबाट हुने गरेको थियो ।

तर मंसिर ४ गते हुने निर्वाचनको लागि प्रत्येक निर्वाचन क्षेत्रमा अगल अगल निर्वाचन कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचनअधिकृत प्याकुरेलले बताए ।निर्वाचन क्षेत्र नम्बर १ को धनुषाधाममा, निर्वाचन क्षेत्र २ को तिनकोरिया, क्षेत्र ३ को जनकपुरधाम र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यी चार वटै निर्वाचन अधिकृतको कार्यालयले आ आफना क्षेत्रको उम्मेदवारी दर्ता देखि मतगणा सम्मको निर्वाचन सम्बन्धिकार्य गरिने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

सम्बन्धित खबर