LIVE
ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त |

फाएजा फाहमीदा
जनकपुरधाम । मधेश प्रदेश सभा सचिवालयले पाच वर्षको उपलब्धीहरु सार्वजनिक गरेको छ ।
मधेश प्रदेश सभाका सभामुख सरोज कुमार यादवले शुक्रवार पत्रकार सम्मेलन गरि प्रदेश सभाको स्थापनादेखि अहिले सम्म गरेका मुख्य कार्यहरु सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा सभामुख यादवले प्रदेशको नाम र स्थायी राजधानी तोक्नुलाई प्रमुख उपलब्धी बताएका छन् । प्रदेशको नाम र राजधानी टुंगो लगाउनमा प्रदेश सरकारभन्दा आफ्नो भुमिका बढी रहेको सभामुख यादवले दावि गरे । सभामुख यादवले भने,‘ प्रदेशको नाम र राजधानिको प्रस्ताव पारित गराउन सरकारको भुमिका खासै रहेनन्, मधेशवादी दलसँग त्यति वहुमत पनि थिएनन । तर व्यक्तिगत रुपमा मैले सबै पार्टीका सासदहरुलाई अगल अगल भेटेर कन्भिन्स गरे र मेरो मेहनतले हामी सबै सफल पनि भयौ ।’
सभामुख यादवले कानुन निर्माणमा आफुहरुले सन्तोषजनक काम गरेको दावि गरे ।

कानुन निर्माणमा हामीले राम्रो काम गरिर्यौ सभामुख यादवले भने,‘ नयाँ संरचना भएकोले सुरुवाति अवस्थामा कठिनाई भएपनि औसत रुपमा कानुन निर्माणमा धेरै उपलब्धी छ ।’
संसदीय समितिका सभापतिहरुले अपेक्षा अनुसार आफ्ना जिम्मेवारी वहन गर्न नसकेको बताउदै सभामुख यादवले भने,‘ दलिय भागबण्डाको हिसाबमा यहाँ समितिका सभापतिहरु तोकिएको थियो । मेरो चाहना अनुसार त्यो भएन । कतिपय सभापतिले काम गर्न चाहेर पनि काम सकेनन् । तर अधिकांशले सेवा सुविधा लिनका लागि मात्रै सभापति बन्न चाहेका थिए । त्यसकारण उहाँहरुको काम देखिएनन् ।’

पाँच वर्षमा २ सय २८ वैठक

पाँच वर्षमा मधेश प्रदेशको प्रदेशसभाले २ सय २८ वटा बैठक बसेको छ ।
मधेश सभाको पहिलो वैठक २१ मघ २०७४मा बसेको थियो भने अन्तिम वैठक ३२ असार २०७९मा बसेको थियो । प्रदेश सभाले ९ औ अधिवेशन सम्म प्रदेश सभा सचिवालयका ६१ वटा विद्येयक दर्ता भएकोमा ५५ वटा पारित भएको छ । ६ वटा विद्येयक अझै प्रदेश सभामै रहेका विचारधिन अवस्थामा रहेको छ । सभाबाट पारित भएका विद्येयकहरु प्रदेश प्रमुखबाट प्रमाणिकरण भई ऐन समेत बनिसकेको सभामुख यादवले बताए ।
राउत सबभन्दा बढी वैठकमा सहभागि
२२८ वैठक मध्ये सबभन्दा बढी वैठकमा सहभागि हुनेमा जनता समाजवादी पार्टीका सासद बच्चा राउत अहिर रहेका छन् ।
उनी २२८ वैठक मध्ये २१८ वटा वैठकमा सहभागि भएको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसैगरि, वैठकमा सबभन्दा कम सभाभागि हुनेमा जसपाकै महोत्तरी क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सासद कौशल कुमार यादव रहेका छन् । उनी २२८ वैठक मध्ये ८० वटा मात्रै सहभागि भएको प्रदेश सभाको तथ्याङ्गकमा उल्लेख छ ।
संसदमा सबभन्दा बढी बोल्नमा चौधरी
प्रदेश सभामा सबभन्दा बढी बोल्नमा नेपाली काँग्रेसका सासद शिवचन्द्र चौधरी रहेका छन्् । उनी २२८ वैठकमा १४० पटक सभामा आफ्नो मन्तव राखेका छन् । त्यसैगरि, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेशवर साह सुडिले १०१ पटक सभामा बोलेर दोस्रो नम्बर परेका छन् ।

सम्बन्धित खबर