LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । धनुषाका जनश्रोत विकास केन्द्रका अध्यक्षका अध्यक्ष सुर्यनाथ यादव आफ्नै भाईबुहारीसहितलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।
जनकपुरधाम उपहानगरपालिका– थुम्हौना निवासी यादवले शुक्रवार विहान आमा मुनरी देवि यादव, भाईवुहारी प्रमिला यादव, भाई शिवदत्त यादवलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रमिला यादव नेपाल क्युकोशिन कान कराते संघ मधेश प्रदेशका तत्कालिन अध्यक्ष वैजनाथ यादवका श्रीमति हुन् । कोरोना लागेर करिव डेढ वर्ष अघि यादवको मृत्यु भईसकेको छ ।
पक्राउ परेका सुर्यनाथ यादव वैजनाथका जेठो दाजु हुन् । यादवको मुत्यु भएपछि सुर्यनाथले सम्पतिको लागि भाईवुहारी, भजिता प्रिन्सलाई विभिन्न प्रकारका शारिरिक र मानसिक यातना दिदै आएको स्थानीयको भनाई छ ।

शुक्रवार दिउँसो दाउरालाई लिएर सुर्यनाथ र सुर्यनाथकी श्रीमति बबिता यादवले मिलेर प्रमिलासहितलाई कुटपिट गरेपछि स्थानीयवासीले सुर्यनाथलाई पक्राउ गरि प्रहरीमा जिम्मा लगाएका थिए । यादवले अंश बण्डा नै नभएका सम्पति आफ्ना बुवालाई फकाई फुलाई गरि सासुराको नाममा गरेपछि प्रमिलाले त्यसको विरोध गरेकी थिईन । त्यसको निहुमा यादवले प्रमिलालाई शारिरिक तथा मानसिक यातना दिदै आएको स्थानीय सुनिल कुमार यादवले बताए ।
करिव १५ दिन अघि प्रमिलाई कुटपिट गर्दा प्रमिलाले जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा उजुरी समेत दिईएकी थिईन । त्यहाँ यादवले अव देखि कुनै प्रकारको वादविवाद तथा कुटपिट नगर्ने सहमति गरेका थिए । तर त्यसको एक महिना नपुग्दै यादवले पुनः कुटपिट गरेको नेपाल क्युकोशिन कान कराते संघ धनुषाका अध्यक्ष सुनिल कुमार यादवले बताए ।

 

 

सम्बन्धित खबर