LIVE
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुनसक्दैन ः डा.सिंह | जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि नियमित, टिकट बुकिङ खुला | पुर्व राज्यमन्त्री सञ्जय साहको मुद्दा सुनुवाइ माग्दै जनकपुरमा प्रदर्शन | | अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश |

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।

मेची–महाकाली पदयात्राका क्रममा जनकपुरधाम पुगेका सांसद सिंहले सञ्चारगृहबाटै पत्रकारहरूलाई पक्राउ गर्ने सरकारको कदमको विरोध गर्दै स्वतन्त्र प्रेसको पक्षमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

उनले आफू लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पारे । स्वतन्त्र प्रेसबिना लोकतन्त्र बलियो र प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो ।

यसैगरी, सांसद सिंहले आफ्नो मेची–महाकाली पदयात्रा देशमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भन्ने उद्देश्यले अघि बढाइएको बताए । उनले किसानले धानको उचित मूल्य पाउन नसकेको तथा तरकारी उत्पादक किसानले समेत उत्पादनको उचित मूल्य नपाएको विषयलाई पनि पदयात्राका क्रममा उठाउँदै आएको जानकारी दिए ।

सम्बन्धित खबर